२०८३ बैशाख ६ गते , आईतबार

सांघातिक हमला गर्नेमाथि कारबाहीको माग

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन ९ गते , आईतबार
सांघातिक हमला गर्नेमाथि कारबाहीको माग

बिर्तामोड क्रान्तिकारी युवा लिग (आरवाईएल) नेपालले आफ्ना सदस्यहरु माथि सांघातिक आक्रमण गर्नेहरुलाई कारबाहीको माग गरेको आरवाईएलले असोज गते भद्रपुर भन्सार कार्यालय अगाडी आफ्ना सदस्यहरुमाथि सञ्जीव घोष समूहले आक्रमण गरेको भन्दै आक्रमणकारीहरुलाई कारबाहीको माग गरेको हो

आइतबार आरवाईएलले बिर्तामोडमा पत्रकार सम्मेलन गरी राजश्व छलि गरि नेपाल भित्र्याउँदै गरेको अवैध कपडा बोकेको प्रदेश ०१००१च ७७९५ नम्बरको पिकअप नियन्त्रणमा लिएको कानुनी कारबाहीको लागि राजश्व कार्यालय इटहरीमा बुझाउने प्रक्रिया हुँदै गर्दा भद्रपुर भन्सार कार्यालय अगाडी सञ्जीव घोष समूहले आरवाईएलका सदस्यहरु राजेन्द्र राई प्रदिप राईमाथि सांघातिक आक्रमण गरेको भन्दै दोषी उपर कारबाहीको माग गरेको

राजश्व छलेर कचनकवलबाट भद्रपुरतर्फ आउँदै गरेको उक्त गाडीलाई असोज गते विहान बजेको समयमा देउनिया पुलमा रोकेर प्रहरी प्रशासनलाई खबर गरेपनि प्रहरी ढिलो गरी आएको आरवाईएलले जनाएको नियन्त्रणमा लिएको गाडी चालक तथा गाडीमा सवार अन्य दुई जनालाई प्रहरीले भगाउनुका साथै जिल्ला प्रशासनमा बरामदी मुचुल्काका लागि आरवाईएलले लैजान आग्रह गर्दा समेत प्रहरीले बेवास्ता गरी पिकअप भन्सार कार्यालय लगेको सोहि समयमा आफ्ना सदस्यहरुमाथि आक्रमण भएको भन्दै दोषीउपर कडा कारबाहीको माग राखेको हो प्रशासनले उनीहरुमाथि कारबाही नगरे आरवाईएलले आफैँ कारबाही गर्न बाध्यहुने सोबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार नेपाल सरकार हुनुपर्ने समेत चेतावनी दिएको प्रहरीको बाक्लो उपस्थिती भएकै ठाउँमा आफ्ना सदस्यहरुमाथि प्रहरी मुकदर्शक बन्नुले प्रहरीको भूमिकामा समेत आरवाईएलले आशंका गरेको

नियन्त्रणमा लिएर बेलुका साँझ इटहरी पुर्याउँदासमेत विलबिजक नभएको सामानको इटहरी पुगे पश्चात अरुण साह आफ्नो सामान भएको भन्दै बिलबिजक लिएर पुगेकोमा आरवाईएलले आश्चर्य व्यक्त गरेको उनीहरुले झापाको बिभिन्न नाकाहरुबाट दैनिक हुने तस्करीमा प्रहरी प्रशासनको समेत संलग्नता हुने गरेको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न आरवाईएलका प्रदेश अध्यक्ष रबिन लिम्बूले माग गरेका छन् भारतबाट तस्करी गरेर ल्याइएको सामान कचनकवलस्थित धर्मेन्द्र यादवको घरको गोदाममा स्टोर गरि राखिने रातको समयमा भद्रपुर बिर्तामोड लगायतको बजारमा ल्याइने गरेकोसमेत लिम्बूले बताए  

कार्यक्रममा आरवाईएलका प्रदेश सदस्य पासाङ शेर्पा, झापा अध्यक्ष जलन रुचाल, उपाध्यक्ष बिक्रम बोहोरा, सदस्य अमिल लिम्बू लगायतको उपस्थिती रहेको थियो  

सम्बन्धित समाचार