२०८३ बैशाख ६ गते , आईतबार
भतिजलाई गोली प्रहार गर्ने ब्यक्ति मृत फेला
बिर्तामोड । झापाको गौरादह-८ जुरोपानी बस्ने ३५ बर्षीय बिरन साह मृत फेला परेका छन । साहले स्थानीय उमेश साहको छोरा १५ बर्षीय हेमराज साहलाई मंगलबार साँझ ७ बजे गोली प्रहार गरि फरार भएका थिए ।
बिरनले सामान्य विवादमा आफ्नै भतिज पर्ने हेमराजलाई आफ्नै घर अगाडि चाइनिज पेस्तोलले गोली प्रहार गरि घाइते बनाइ फरार भएका थिए । उनको खोजी गर्ने क्रममा राती ८ बजे घरबाट १०० मिटर उत्तरमा रहेको सुकुना खोलाको किनारमा कन्चटमा गोली लागि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलबाट एक थान पेस्तोल, दुई थान म्यागजिन र २४ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय झापका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार बिरनको ढाडमा गोली लागि गम्भीर रहेको र बिएण्डसी अस्पतालमा उपचार भैरहेको छ ।