२०८३ आश्विन १७ गते , शनिबार

खुश्बु ओलीसहित तीन जनालाई कारबाही

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २ गते , बुधबार
खुश्बु ओलीसहित तीन जनालाई कारबाही

बिर्तामोड । पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाका तीन जनालाई कारबाही गरेको छ ।  राप्रपाले खुश्बु ओली, कल्याण खड्का र श्यामसुन्दर ओलीलाई कारबाही गरेको हो ।

राप्रपा झापाले कात्तिक १ गते एक विज्ञप्ती जारी गरी झापा निर्वाचन क्षेत्र नम्बर ४ मा पार्टीको निर्देशन अवज्ञा गरी उम्मेदवारी दिएको भन्दै खुश्बु ओली र  क्षेत्र नम्बर १ (ख) मा पार्टीको आधिकारीक उम्मेदवार सविना कट्टेल बजगाईंको विरुद्धमा बागी उम्मेदवारी दिने कल्याण खड्कालाई पार्टीको केन्द्रीय निर्देशन बमोजिम साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको जनाएको छ ।

त्यस्तै खुश्बु ओलीको प्रचारकको रुपमा रहेका कनकाई नगरपालिकाका श्यामसुन्दर ओलीलाई साधारण सदस्यबाट निलम्बन गरेको राप्रपाले जनाएको छ ।

विज्ञप्तीमार्फत राप्रपा र एमालेका साझा उम्मेदवारहरुको चुनावी गतिविधीमा संलग्नहुन समेत कार्यकर्ताहरुलाई अपिल गरेको छ ।  

सम्बन्धित समाचार