२०८३ बैशाख ६ गते , आईतबार
ब्राउन सुगरसहित चिया बगानबाट २ जना पक्राउ
बिर्तामोड । झापा अर्जुनधारा-११ स्थित चिया बगानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन । चिया बगानको क्वार्टरबाट २१ ग्राम ब्राउन सुगरसहित ३४ बर्षीय दिनेश दर्जी र ३८ बर्षीय राजकुमार कार्की पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई मंगलबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिए ।