२०८३ बैशाख ६ गते , आईतबार

भारतले प्रचलनमा ल्यायो डिजिटल करेन्सी

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक १६ गते , बुधबार
भारतले प्रचलनमा ल्यायो डिजिटल करेन्सी

काठमाण्डौ यस वर्षको बजेटमा घोषणा गरेको डिजिटल मुद्रालाई भारतले कार्यान्वयनमा ल्याएको भारतीय रिजर्ब बैंक (आरबीआई) ले नोभेम्बर (मंगलबार) देखि परीक्षणका रुपमा प्रचलनमा ल्याएको हो

भारतमा मंगलबारदेखि डिजिटल मुद्रा परीक्षणकै रुपमा चलनचल्तीमै ल्याइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् आरबीआईले परीक्षणका क्रममा होलसेल ट्रान्जेक्सन क्रस बोर्डर पेमेन्टमा यस्तो मुद्रा प्रचलनमा ल्याएको हो आरबीआईले यस परीक्षणका लागि वटा बैंकहरु समावेश गरेको

डिजिटल मुद्राको प्रचलनसँगै अब मानिसहरुले नगदमा निर्भर रहनु पर्ने बाध्यता हट्ने डिजिटल करेन्सी प्रचलनमा आउनु अगाडि कारोबारका लागि नगद वा चेक अथवा कुनै बैंकिङ प्रणालीका माध्यमबाट भइरहेको थियो अब भने डिजिटल नोटमा कुनैहार्ड करेन्सी हुने छैन

वालेट टू वालेट कारोबार सम्भव हुनेछ यसले कालोधन थुपार्ने प्रवृत्ति समेत कम हुने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् निकट भविष्यमा निश्चित रकमसम्मको कारोबार डिजिटल करेन्सीबाट अनिवार्य गर्दा यसले कालोधन राख्ने प्रवृत्तिको अन्त्य हुने सबै कारोबार रेकर्ड केन्द्रीय बैंकसँग रहने अर्थविद्हरुले बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् यसको कारोबारलाई सरकारले प्रणालीमार्फत प्रत्यक्ष निरन्तर निगरानी समेत गर्न सक्नेछ

डिजिटल करेन्सी प्रचलनमा आएपनि तत्काल भौतिक मुद्रा भने प्रचलनबाट हराउने छैन पहिलो चरणमा ठूलो कारोबारमा आएको डिजिटल मुद्रा आम सर्वसाधारणमा प्रचलनमा आउन भने समय लाग्नेछ

अन्य वालेटभन्दा कसरी फरक ?

भारतमा गुगल पे, यूपीआईसहितका वालेट प्रचलनमा छन् भारतीय सञ्चार माध्यमहरुका अनुसार यस्तो वालेटमा कारोबारको लिमिट तोकिएको हुन्छ तर, डिजिटल करेन्सीमा यस्तो लिमिट हुने छैन

ठूलो रकम एकै पटक पठाउन वालेटले काम नगरेको अवस्थामा अब डिजिटल मुद्राले सहजता ल्याउने समेत भारतीय सञ्चार माध्यमहरुले लेखेका छन्

सम्बन्धित समाचार