२०८३ आश्विन १७ गते , शनिबार

को हुन् झापा क्षेत्र नम्बर २ (१) का उम्मेदवार पुष्प पोखरेल ?

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २२ गते , मंगलबार
को हुन् झापा क्षेत्र नम्बर २ (१) का उम्मेदवार पुष्प पोखरेल ?

शालिन, तार्किक र अध्ययनशिल जुझारु वामपन्थी नेताको रुपमा परिचित नाम हो पुष्पराज  पोखरेल । पोखरेल जननिर्वाचित मेयर र सांसद्समेत बनिसकेका व्यक्तित्व हुन् । त्यही परिचयका साथ अगाडि आएका पोखरेल अहिले झापा निर्वाचन क्षेत्र नम्बर २ (१) मा लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट कलम चुनाव चिन्ह लिएर प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् ।

यो पुष्प पोखरेलको बिगतको पहिचान हो । त्यो भन्दापनि उनी परिचित छन्, झापाली कम्युनिष्ट आन्दोलनमा उनले निर्वाह गरेको सत्कर्मले । परिवर्तनका लागि झापा विद्रोह लगायतका कम्युनिष्ट आन्दोलनका लागि उनले  गरेको काम सराहनीय मानिन्छ । 

ओखलढुङ्गामा जन्मेका पोखरेल परिवारको साथ २०२८ सालबाट झापा आएर सानै उमेरदेखि राजनितिमा होमिए । राजनीति कहिलेकाँहि खुसी भन्दा पनि जबरजस्त बनेर जीवनमा आइ लाग्छ, त्यही जीवनका भोगकर्ता  हुन पुष्प पोखरेल । १६ वर्षकै उमेरदेखि राजनीतिमा सकिृय उनी झापाली कम्युनिष्ट आन्दोलनको एउटा उचाइमा छन् ।

१८/१९ वर्षको उमेरमा पञ्चायती व्यवस्था विरुद्ध कम्युनिष्ट पार्टीमा लागेर झापा विद्रोहमा सहभागि हुनु राजनीतिक लगावको दर्विलो उदाहरण हो । पार्टी पद्धति र सिद्धान्तमा उनी जति अडिग छन्, विकास निर्माण र नागरिकको समस्याको सवालमा उनी त्यति नै केन्द्रित छन् ।

सानैदेखि पृथक सोँच र सकारात्मक धारणा भएका उनी पार्टी पंक्तिमा अध्ययशिल, शालिन र बेदाग ब्यक्तित्वका रुपमा स्थापित छन् । यो उनको पार्टी पंक्तिभित्रको अर्को परिचय हो ।

२०३२ सालबाट भूमिगत कोअर्डिनेसन केन्द्रबाट राजनीतिक यात्रा शुरु गरेका उनी २०३५ मा अनेरास्ववियुको पहिलो झापा जिल्ला संयोजक बनेका थिए । २०३७ सालमा मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियू सभापति भएका पोखरेल २०४३ सालमा जनपक्षीय जिल्ला उपसभापतिमा निर्वाचित भए । स्नातकोत्तरको पढाइ सकेर मेची क्याम्पसमा प्राध्यापन गर्न लाग्दा उनलाई स्वर्गीय द्रोणाचार्य क्षेत्रीले देश परिवर्तनका लागि राजनीतिमा अझ सक्रिय गराए । त्यसपछि उनी निरन्तर जनताको पक्षमा उभिएका छन् । 

२०४६ सालमा जिल्ला उपसभापतिबाट राजीनामा दिएर पञ्चायत विरुद्ध आन्दोलमा होमिएका उनी त्यो बेला ३ महिना जेल परे । २०४९ सालमा भद्रपुर नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका पोखरेलले २०५१ सालको मध्यवधि निर्वाचनमा साविक झापा क्षेत्र नम्बर १ बाट जनताकोे मन जित्दै सांसद भए ।

लामो समय नेकपा एमालेको राजनीतिमा होमिएका पोखरेलले पार्टीको केन्द्रिय परिषद सदस्यको जिम्मेवारी पनि वहन गरे । तर पछिल्लो समय नेकपा विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रहेका छन् ।

सम्बन्धित समाचार