२०८३ आश्विन १७ गते , शनिबार

कामना सेवाद्वारा पाउ पाथिभरा मन्दिरलाई डष्टबिन प्रदान

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २३ गते , बुधबार
कामना सेवाद्वारा पाउ पाथिभरा मन्दिरलाई डष्टबिन प्रदान

बिर्तामोड । कामना सेवा विकास बैंकले झापाको चारआलीमा रहेको पाउ पाथिभरा मन्दिरलाई डष्टबिन हस्तान्तरण गरेको छ । बैंकले १६औँ बार्षिकोत्सवको अवसरमा मन्दिरलाई डष्टविन प्रदान गरेको हो ।

बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले पाँच थान डष्टबिन र सोको स्टेण्ड प्रदान गरेको बैंकका बिर्तामोड शाखा प्रमुख उमेश पौडेलले जानकारी दिए । पौडेलका अनुसार बैंकका प्रदेश प्रमुख खिमलाल भुसालले मन्दिर व्यवस्थापन समितिका सचिव नवराज भट्टराईलाई उक्त डष्टबिन हस्तान्तरण गरेका हुन् । 

सो अवसरमा बैंकका कर्मचारीहरुले मन्दिर परिसरमा सरसफाईसमेत गरेका थिए । कार्यक्रममा बैंकका बुधबारे शाखा प्रमुख मन राजवंशी, इटाभट्टा शाखा प्रमुख  विशाल तामाङ, क्लष्टर प्रमुख सुवर्ण श्रेष्ठ,  बिर्तामोड शाखाकी सर्भिस म्यानेजर सबिना गौतमलगायत ती सबै शाखाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।  

सम्बन्धित समाचार