२०८३ आश्विन १७ गते , शनिबार

अस्पतालबाट फरार कैदी पक्राउ

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर २ गते , शुक्रबार
अस्पतालबाट फरार कैदी पक्राउ

बिर्तामोड । विराटनगरको क्षयरोग अस्पतालबाट उपचारको क्रममा फरार भएका झापा गाउाँपालिका ५ का २८ बर्षीय राजकुमार हेमरमलाई प्रहरीले पक्राउ गरेको छ ।

हेमरम जबर्जस्ती करणी मुद्धामा मोरङ कारागारमा कैद भुक्तान गरिरहेका थिए । क्षयरोगका बिरामी हेमरम गत असोज १५ गते विहान ९ बजे उपचारको क्रममा अस्पतालबाट भागेका थिए । प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरी टोलीले हेमरमलाई मंसिर १ गते ५ः२० बजे घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

  

सम्बन्धित समाचार