२०८३ आश्विन १७ गते , शनिबार

झापामा मतदान जारी, ५० प्रतिशत मत खस्यो

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ४ गते , आईतबार
झापामा मतदान जारी, ५० प्रतिशत मत खस्यो

बिर्तामोड । विहान ७ बजेबाट शुरु भएको मतदान झापामा दिउँसो ३ः३० सम्म जारी रहेको छ । केहि मतदान केन्द्रहरुमा छिटफुट समस्या देखिएपनि अहिले मतदान सुचारु रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म ५० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

अधिकांश मतदान स्थलहरुमा मतदाताको उपस्थिती सामान्य रहेको छ । मतदान केन्द्रमा उपस्थित मतदाताहरु यस पटकको निर्वाचनमा खासै उत्साह नभएको बताइरहेका थिए । दलहरुप्रति मतदाताहरु निराश रहेको उनीहरुको टिप्पणी थियो ।

झापामा २८४ मतदान स्थल र ७६६ मतदान केन्द्र रहेको छ भने ६ लाख ६३ हजार ३११ जना मतदाता रहेका छन् ।

  

सम्बन्धित समाचार