२०८३ बैशाख ५ गते , शनिबार

बिर्तामोडमा खुल्यो पारिवारिक रेष्टुरेण्ट ‘नैवेध्या’

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ११ गते , आईतबार
बिर्तामोडमा खुल्यो पारिवारिक रेष्टुरेण्ट ‘नैवेध्या’

बिर्तामोड । झापाको बिर्तामोडमा पारिवारिक रेष्टुरेण्ट ‘नैवेध्या सञ्चालनमा आएको छ । गणपति बेकर्सको सफलतासँगै युवा व्यवसायी राजु ढकालले पारिवारिक रेष्टुरेण्ट नैवेध्या सञ्चालनमा ल्याएका हुन् ।

रेष्टुरेण्ट भोलि (सोमबार) बाट औपचारिक शुरुवात गरिने उद्घाटनको पूर्व सन्ध्यामा आइतबार आयोजित पत्रकार भेटघाटमा ढकालले जानकारी दिए । ढकालले गणपति बेकरीसँगै गणपति क्याफेसमेत सञ्चालन गरेका छन् । क्याफेमा आउने ग्राहकहरुले रेष्टुरेण्टको आवश्यकता औँल्याएका कारण नैवेध्या शुरु गरिएको उनले बताए । नैवेध्या सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरीसँगै रहेको छ ।

नैवेध्या व्यवसायी ढकालका हजुरबुवा नन्दिकेशर, हजुरआमा खोमकुमारी र फुपु हजुरआमा सीता ढकालले एक साथ उद्घाटन गर्ने व्यवसायी ढकालले बताए । गणपतिको सफलतापछि प्रसादको रुपमा हिन्दी शब्दावलीबाट नैवेध्या नामाकरण गरिएको उनको भनाई छ । मंसिर १२ गतेदेखि एक हप्तासम्म उद्घाटन सप्ताह मनाइने र सो अवसरमा गणपतिको आइटममा पाँच प्रतिशत छुट दिइने उनले बताए ।

रेष्टुरेण्टमा नर्थ इण्डियन खानेकुरालाई प्राथमिकता दिइएको बताइएको छ । रेष्टुरेण्टमा ब्रेकफास्ट, लञ्च, टि र बेलुका मदिरासहित भेज तथा ननभेज खाना उपलब्ध हुनेछ । अन्य रेष्टुरेण्टभन्दा केहि खाद्यान्नको परिकार नैवेध्यामा नयाँ रहने व्यवसायी ढकालले बताए । रेष्टुरेण्ट डेढ करोड लागतमा शुरु गरिएको सञ्चालकको भनाई छ ।

अष्ट्रेलियामा लामो समय बेकरी उद्योगमा काम गरेर नेपाल फर्किएका ढकालले २०६९ सालमा गणपति बेकरी शुरु गरेका थिए । छोटो समयमा नै गणपतिले बजार ओगट्न सफल भएपछि उनले नैवेध्या शुरु गरेका हुन् । हेल्थ र हाइजिनमा उच्च गुणस्तर कायम गर्नुका साथै स्थानीय उपभोक्ताहरुको मायाका कारण गणपति सफल भएको र नैवेध्यापनि उपभोक्ताहरुको मायाले सफलहुने विश्वास लिएको ढकालले बताए ।     

सम्बन्धित समाचार