२०८३ आश्विन १७ गते , शनिबार

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर २१ गते , बुधबार
हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

बिर्तामोड । मोरङको सुन्दरहरैचा–१० का ७३ वर्षीय वृद्धको हात्तीको आक्रमणबाट मंगलबार मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट अजय बास्तोलाको मृत्यु भएको स्थानीय कमलादेवी अधिकारीले बताइन् ।

स्थानीय मुनाल सामुदायिक वनमा घाँस काट्न गएका बेला बास्तोलालाई हात्तीले आक्रमण गरेको थियो । श्रीमती जानुकासँग जङ्गल गएका बास्तोला हात्तीको आक्रमणमा परेपछि जानुकाले भने भागेर ज्यान जोगाएकी थिइन् ।

१ महिना यता उत्तर पूर्वी मोरङमा हात्तीले दैनिक जसो उपद्रो गरिरहेको त्यहाँका स्थानीय बताउँछन् । हुलका हुल आउने हात्तीले मिक्लाजुङ र लेटाङको ८ र ९ नम्बर वडामा बढी क्षति गरिरहेको छ ।

 

सम्बन्धित समाचार