२०८३ आश्विन १७ गते , शनिबार

लैङिगक समानता ल्याउन मोरङमा दलका नेता, जनप्रतिनिधि र अधिकृतहरुको प्रतिबद्धता 

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर २३ गते , शुक्रबार
लैङिगक समानता ल्याउन मोरङमा दलका नेता, जनप्रतिनिधि र अधिकृतहरुको प्रतिबद्धता 

विराटनगर । मोरङका राजनैतिकदलका नेता, पालिका प्रमुख र प्रशासकिय अधिकृतहरुले  समाजमा लैङिगक समानता ल्याउने प्रतिबद्धता जनाएका छन ।

दलित महिला केन्द्रले विहिवार विराटनगरमा आयोजना गरेको लैङिगक समानताका लागि महिला जनप्रतिनिधिहरुको राजनैतिक सहभागीताबारे अन्र्तक्रियामा दलका नेता र पुरुष जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन ।

एकिकृत समाजबादी प्रदेश १ का सदस्य कविराज घिमिरेले घरदेखि दलसम्म महिलाहरुलाई नेतृत्वमा अवसर दिन सकेमात्र समाजबाट लैङिगक असमानता हटेर समानता आउने भएकोले आफु र आफनो पार्टी त्यसका लागि सजग र सचेत रहने प्रतिबद्धता गरे ।

माओबादी केन्द्र मोरङका संयोजक विजय विश्वासले जनयुद्ध र जनआन्दोलनपछि निर्माण भएको  २०७२ को संबिधानले महिलालाई अधिकार दिएपनि पुरुषबादी चिन्तनमा परिवर्तन आउन नसक्दा समाजमा अझै लैङिगक समानता आउन नसकेको हो भने । उनले समाजमा विद्यमान सबैखाले असमानता हटाउन माओबादी केन्द्र सधै तत्पर रहेको र रहिरहने बताए ।

नेपाली काँग्रेस मोरङका सहसचिव भुवनेश्वर राजवंशीले अवसर पाएमा महिलाहरुले सफल रुपमा नेतृत्व निर्वाह गर्न सक्छन भन्ने प्रशस्त उदाहरण भएकाले उनीहरुलाई घर दल दुवैमा अवसर दिन आफुहरु तयार रहेको बताए । जनता समाजबादी  पार्टी मोरङका नेता राधे कामतले महिलाहरुलाई नेतृत्व दिन सबै राजनैतिक दलहरुहरु प्रतिबद्ध हुनु पर्नेमा जोड दिए ।

उर्लाबारी नगरपालिका प्रमुख गंगा खरेलले लैङिगक समानता ल्याउन महिलाहरुले मात्र आवाज उठाएर पुग्दैन भन्दै पुरुषहरुले पनि अग्रसर भएर उनीहरुको हक अधिकारका लागि लडनु पर्नेमाजोड दिए । सुन्दरहरैचा नगरपालिका प्रम्ख केदारप्रसाद गुरागाईले पनि राजनैतिकदलहरुले चिन्तनमा परिवर्तन नगर्दा महिलाहरुको अवसर कुण्ठित भैरहेको बताए । उनले आफुले गर्ने सबै नीतिहरु महिलालाई प्राथमिकता दिएर निर्माण गराएर कार्यान्वयन गराउने प्रतिबद्धता जनाए । 

कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले महिलाहरुले नेतृत्वमा अर्थपुर्ण सहभागिता पाएमात्र समाजमा लैङिगक समानता आउने बताउदै आफुहरुले बजेट र नीति बनाउँदा महिला अधिकारबारे बिशेष ख्याल गरिरहेको र गरिरहने बताए ।

बेलबारी नगरपालिका प्रम्ख डिपी राईले महिलाहरुले ‘सक्दिन’ भनेर हिनभावना राखेर हैन सधै ‘सक्छु’ भनेर अगाडी बढे नेतृत्वमा सधै सफल हुने विश्वास व्यक्त्त गरे ।

रंगेली नगरपालिका उपप्रम्ख झुमा पराजुलीले अझै पनि बजेट र नीतिहरु निर्माण गर्दा महिलाहरुलाई उपेक्षा गर्ने चलन कायमै रहेको बताइन ।

लैङिगक समानता र निर्वाचित जनप्रतिनिधिहरुको राजनैतिक सहभागीता अभिबृद्धीबारे उक्त अन्र्तक्रियामा मोरंङका नौ वटा पालिकाहरुका प्रमुख , उपप्रमुख र प्रशासकिय अधिकृतसहित राजनैतिक दलका जिल्ला नेताहरु सहभागी थिए ।

 

सम्बन्धित समाचार