२०८३ बैशाख ६ गते , आईतबार

३६ बर्षपछि विश्वकपको उपाधि अर्जेन्टिनालाई

sajilo news
परिवेश मिडिया
२०७९ पौष ४ गते , सोमबार
३६ बर्षपछि विश्वकपको उपाधि अर्जेन्टिनालाई

बिर्तामोड अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई स्तब्ध बनाउँदै अर्जेन्टिना विश्वकप २०२२ को उपाधि जित्न सफल बनेको हो

टाइब्रेकरमा ले फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो अघि सन् १९७८ १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो

पहिलो हाफमा आक्रामक खेल खेलेको अर्जेन्टिनाको लागि २३औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत अर्जेन्टिनालाई अग्रता दिलाएका थिए खेलको ३६औं मिनेटमा डिमारियाले अर्जेन्टिनाको अग्रता दोब्बर पारे

पहिलो हाफमा निरास खेल प्रदर्शन गरेको फ्रान्स दोस्रो हाफमा खेलमा फर्कियो तर फ्रान्सले गोल गर्ने ७९औं मिनेटसम्म कुर्नु र्पयो ७९औं मिनेटमा पेनाल्टीमा गोल गरेका केलियन एम्बाप्पेले आक्रामक खेल खेल्दै त्यसको ९० सेकेन्डभित्र अर्को गोल गरेर खेललाई बराबरीमा पुर्याए

निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो १०८ औं मिनेटमा मेसीले दोस्रो गोल गरेर टिमलाई फेरि अग्रता दिलाए

तर, फ्रान्सले ११८औं मिनेटमा अर्को पेनाल्टी पायो जसलाई  युवा स्टार एम्बाप्पेले खेर जान दिएनन् उनले विश्वकप फाइनलमा ह्याट्रीक पूरा गरे पनि उनको टिम टाइब्रेकरमा चुक्यो लगातार दोस्रो पटक विश्वकप जित्ने सपना पूरा हुन पाएन

टाइब्रेकरमा पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पेले गोलमा परिणत गरे

त्यसपछि अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गरे

तर फ्रान्सका लागि दोस्रो पेनाल्टी हानेका किङ्स्ले कोमानको प्रहार अर्जेन्टिनी किपरले रोके

अर्जेन्टिनाको दोस्रो पेनाल्टी पाउलो डिबालाले गोलमा परिणत गरे

ले पछि परेको फ्रान्सको तेस्रो पेनाल्टी अउरेलियनले बाहिर प्रहार गरे

अर्जेन्टिनाका लागि तेस्रो पेनाल्टीमा लियोनार्दो पारडेसले गोल गर्दै टाइब्रेकरलाई मा र्पुयाए

फ्रान्सको चौथो पेनाल्टी राण्डानल कोलोमुनीले गोल गरे पनि अर्जेन्टिनाका लागि चौथो पेनाल्टीलाई गोञ्जालो मोन्टेलले जाली चुमाए

यसअघि खेलमा अर्जेन्टिनाले पटक लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो

सम्बन्धित समाचार