२०८३ आश्विन १७ गते , शनिबार

गोल्डेन बुट एम्बाप्पे र गोल्डेन बल मेस्सीलाई

sajilo news
परिवेश मिडिया
२०७९ पौष ४ गते , सोमबार
गोल्डेन बुट एम्बाप्पे र गोल्डेन बल मेस्सीलाई

बिर्तामोड । विश्वकपमा आठ गोल गर्दै किलियान एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । उनले कतारमा भएको विश्वकप २०२२ को फाइनल खेलमा अर्जेन्टिना विरुद्ध ह्याट्रिकसमेत गरेका थिए ।

त्यस्तै विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डेन बलको अवार्ड हात पारेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन् । मेस्सीले यो अवार्ड जितेको दोस्रो अवसर हो । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना उपविजेता बन्दा पनि मेस्सीले यो अवार्ड जितेका थिए ।

उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डेन ग्लोबको उपाधि अर्जेन्टिनाका एमी मार्टिनेजले जिते । उनले फाइनलमा फ्रान्सका दुईवटा पेनाल्टी रोक्नुका साथै खेलअवधिमा फ्रान्सका थुप्रै प्रयास विफल बनाएका थिए ।

 

सम्बन्धित समाचार