२०८३ बैशाख ६ गते , आईतबार
माधव नेपाल अस्पताल भर्ना
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
अध्यक्ष नेपाललाई रुघा खोकी, ज्वरो र छातीमा सामान्य सङ्क्रमण देखिएकोले आज त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो ।
उनको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सक टोली संलग्न रहेको उनको नीजि सचिवालयले जनाएको छ ।
सङ्क्रमण थप फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको जनाइएको छ ।