२०८३ बैशाख ६ गते , आईतबार

प्रभुलाल बास्तोलाको शव शंकास्पद अवस्थामा फेला

sajilo news
परिवेश मिडिया
२०७९ पौष ७ गते , विहीबार
प्रभुलाल बास्तोलाको शव शंकास्पद अवस्थामा फेला

बिर्तामोड । झापाको शिवसताक्षी-१० टेक्रा स्थित कनकाई नदि किनारमा कनकाई-४ मा बस्दै आएका प्रभुलाल बास्तोलाको शव फेला परेको छ । टाउकोमा गम्भीर चोट लागेर मृत्यु भएको अवस्थामा बास्तोलाको शव फेला परेको हो ।
इलाम देउमाई-३ मुल घर भएका बास्तोला कनकाई-४ इलुवाबारीमा भाई रामप्रसाद बास्तोलाको घरमा बस्दै आएका थिए । डिप्रेसनको बिरामी रहेका प्रभुलाल बुधबार २ बजेदेखि हराइरहेको परिवारलाई उधृत गर्दै इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए । बास्तोलाकी श्रीमती दुई छोरा र एक छोरीसहित करिब २५ बर्षदेखि भारतको आसाममा बस्दै आएपनि श्रीमानसँग सम्पर्क नभएको बताइएको छ ।
मृतक बास्तोलाको शव पोष्टमार्टमका लागि घोपा क्याम्प धरान पठाइएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी कुँवरले जानकारी दिए । 

सम्बन्धित समाचार