२०८३ बैशाख ६ गते , आईतबार

राउण्ड टेबल नेपालद्वारा विद्यालयलाई संरचना हस्तान्तरण

sajilo news
परिवेश मिडिया
२०७९ पौष ९ गते , शनिबार
राउण्ड टेबल नेपालद्वारा विद्यालयलाई संरचना हस्तान्तरण

बिर्तामोड अन्तर्राष्ट्रिय सामाजिक संस्था राउण्ड टेबल नेपालले बिर्तामोड नगरपालिका १० को एक विद्यालयलाई विद्यालय भवन तथा शौचालय हस्तारण गरेको राउण्ड टेबल नेपालले विद्यालय परिसरमा निर्माण गरेको दुई कोठे कक्षा कोठा भवन, शौचालयलगायतका संरचना शनिबार एक कार्यक्रमका बिच चमरधाप आधारभूत विद्यालयलाई हस्तान्तरण गरेको हो

शिक्षा क्षेत्रमा सहयोग गर्ने राउण्ड टेबलको योजना अनुरुप विद्यालयको भौतिक संरचना निर्माणमा सहयोग गरिएको संस्थाका सदस्य दिपक मित्तलले जानकारी दिए चमरधापमा कक्षा कोठा अभाव हुनुका साथै जीर्ण शौचालय भवनका कारण राउण्ड टेबलले सहयोग गरेको उनले बताए

राउण्ड टेबल इन्टरनेशनलका अध्यक्ष जयन्त अग्रवालले राण्उड टेबल नेपाल २७ (बिर्तामोड) टिमले गरेको कार्यले सबैलाई गौरवान्वित बनाएको बताए राउण्ड टेबल नेपालले गरेको उदाहरणीय कार्यका कारण ७० भन्दा बढी देशमा स्थापित राउण्ड टेबलको नेतृत्व गर्न नेपालले पाएको बताए

कार्यक्रमका  अतिथि राउण्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवालले आफूहरुले गरेको सानो सहयोगले विद्यालयमा अध्ययनरत साना बालबालिकाको भविष्यमा कति महत्व राखेको रहेछ भन्ने आफूले महशुस गरेको बताए संस्थाको सानो सहयोगले बालबालिकाको भविष्य उज्जवल भयो भने आफूहरुका लागि त्यो नै ठूलो हुने बताए

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिमानध्वज लोक्तामले राउण्ड टेबल नेपाल बिर्तामोडले विद्यालयमा अत्यावश्यक भौतिक संरचना निर्माण गरिदिएर अत्यन्तै प्रशंसनीय कार्य गरेको भन्दै आभार व्यक्त गरे

कार्यक्रममा सभापति राउण्ड टेबल बिर्तामोडका अध्यक्ष अमित बंशलले राउण्ड टेबल नेपाल राउण्ड टेबल अन्तर्राष्ट्रियले आफूहरुको कार्यमा गरेको सहयोगप्रति आभार व्यक्त गरे

संस्थाले करिब २५ लाखको लागतमा कोठे कक्षा कोठा भवन, कोठे शौचालय भवन, शुद्ध पिउने पानीको व्यवस्था, कक्षा कोठा सुधार साथै विद्यालयको गेट निर्माण गरेको कक्षा तीनसम्म सञ्चालित उक्त विद्यालयमा ९० जना बालबालिका अध्ययनरत रहेका छन्

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष अनन्त भाइती, उपाध्यक्ष नितेश अग्रवाल, कोषाध्यक्ष सकेत मुरारका, नेशनल इडिटर निखिल वंशललगायत बिर्तामोड समितिका सदस्यहरु साथै शिक्षक अभिभावकहरुको उपस्थिती रहेको थियो

 

सम्बन्धित समाचार