२०८३ बैशाख ६ गते , आईतबार

म्याच फिक्सिङको आशंकामा सीआइबीद्वारा छानबिन शुरु

sajilo news
परिवेश मिडिया
२०७९ पौष २० गते , बुधबार
म्याच फिक्सिङको आशंकामा सीआइबीद्वारा छानबिन शुरु

काठमाडौं नेपाल टी(२० लिगमा म्याच फिक्सिङ भएको हुनसक्ने आशंका सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यस विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए

गृहबाट आएको निर्देशनका आधारमा प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न बुधबार पत्र पठाएको थियो त्यही आधारमा छानबिन थालिएको सीआईबीका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले बताए

प्रहरी स्रोतका अनुसार सामाजिक सञ्जाल सञ्चारमाध्यममा यस विषयमा विवरणहरु सार्वजनिक भएसँगै सीआईबीले यसमा चासो देखाएको थियो गृह प्रहरी प्रधान कार्यालयबाट पत्राचार नै भएपछि छुट्टै टोली गठन गरेर अनुसन्धान सुरु भएको

काठमाडौं नाइट्स क्लबका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो खेलाडीलाईफिक्सिङका लागि एप्रोचगरिएको बताउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) कोएन्टी करप्सन युनिटलाई जानकारी गराएको बताएका थिए प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए

तर, अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुले बाहिर सार्वजनिकरुपमा बोल्ने खेलाडी अफिसियलहरुबाट सहयोग नपाएको गुनासो गर्ने गरेका छन्

सीआईबीले औपचारिकरुपमा अनुसन्धान सुरु गरेकै दिन नेपाल क्रिकेट संघ (क्यान) ले पनि जारी खेलमा म्याच फिक्सिङ भएको आरोप गलत रहेको दाबी गर्दै वक्तव्य जारी गरेको क्यानले नेपाली क्रिकेट राष्ट्रकै नाममा ठेस र्पुयाउने गरी यस्ता मिथ्या भ्रामक सूचना नफैलाउन पनि भनेको

जारी खेलमा बेटिङसमेत भइरहेको अनलाइन बेटिङका लागि चर्चित एप वानएक्सवेटले यसमा सट्टेबाजी गराइरहेको सट्टेबाजीमा संलग्न कम्तिमा ४० जनालाई सीआईबीले पक्राउ गरिसकेको

पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाएका छौँ,’ ब्यूरोका प्रमुख सुवेदी भन्छन्, ‘बेटिङ फिक्सिङको सन्दर्भ बेग्लाबेग्लै भएकाले छुट्टाछुट्टै अनुसन्धान जारी

प्रतियोगितामा विदेशी खेलाडीलाई श्रम स्वीकृतिबिना खेलाइएको आरोप पनि लागेको त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पुसदेखि सुरु भएको खेल २७ पुससम्म चल्नेछ  

सम्बन्धित समाचार