२०८३ बैशाख ६ गते , आईतबार
एसईईको परीक्षा तालिका सार्वजनिक
झापा । माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकको निर्णयानुसार शनिबार परीक्षा तालिका सार्वजनिक भएको हो ।
बोर्डका अनुसार चैत १७ गतेदेखि चैत २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।
तालिका अनुसार अनिवार्य अंग्रेजी र संस्कृततर्फ अनिवार्य संस्कृत भाषा र साहित्य रहेको छ भने अन्तिम दिन २९ गते प्राविधिकधार तर्फका बिषयहरु रहेका छन ।