२०८३ बैशाख ६ गते , आईतबार

अष्ट्रेलिया लागे फुटबलर विशाल राई

sajilo news
परिवेश मिडिया
२०७९ माघ २० गते , शुक्रबार
अष्ट्रेलिया लागे फुटबलर विशाल राई

काठमाण्डौ नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राई अष्ट्रेलिया गएका छन्

राष्ट्रिय टोलीका नियमित सदस्य राई सुरक्षित भविष्यको खोजीमा विदेशिएका हुन्

विशाललाई शुक्रबार बिहान मच्छिन्द्र क्लबका सहयात्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्

बिदाइ गरेको फोटो राख्दै मच्छिन्द्र क्लबका व्यवस्थापक अनिल श्रेष्ठले लेखेका छन्, ‘फुटबलबाट राष्ट्र अनि नेपाली क्लबलाई तिमीले दिएको योगदान सदैव अविस्मरणीय रहिरहनेछ विशाल भाइलाई उज्ज्वल भविष्यको कामना तिम्रो अष्ट्रेलिया बसाइ सुखद एवं फलदायक रहोस्

सहिद स्मारकडिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर नयाँ सिजनको लिग नजिकिदै गर्दा अष्ट्रेलिया लागेका हुन्।

नयाँ सिजनकोडिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ

मछिन्द्रले लगातार दुई पटक लिग जित्दा उनी टिमका मुख्य खेलाडी थिए विशालले मनाङ मस्र्याङ्दी क्लबबाट समेत लिगको उपाधि जितेका थिए

विशालले नेपालको उमेर समूह हुँदै राष्ट्रिय टोलीबाट खेलेका हुन् विशालले नेपालका लागि २८ खेलमा गोल गरेका छन्

पछिल्लो समय खेलाडी पलायन तिब्र भइरहेको

पछिल्लो दुई वर्षमा मात्र करिब दुई दर्जन राष्ट्रिय टोली उमेर समूहमा मुलुकको प्रतिनिधित्व गरिसकेका खेलाडी अष्ट्रेलिया पुगेका छन्

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन १९ देखि डिभिजन फुटबल लिग आयोजना गर्ने तालिका सार्वजनिक गर्दैगर्दा राष्ट्रिय खेलाडीको डरलाग्दो पलायन देखिएको

अधिकांश राष्ट्रिय फुटबलहरू राष्ट्रको नेतृत्व गर्न छोडेर अष्ट्रेलियामा हुने टोलकपमा सपना बुन्दै पलायन हुन थालेका छन्

सम्बन्धित समाचार