२०८३ बैशाख ६ गते , आईतबार

नेल्टा झापा उत्कृष्ट घोषित, २ लाख पुरस्कार पाउने

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन ९ गते , मंगलबार
नेल्टा झापा उत्कृष्ट घोषित, २ लाख पुरस्कार पाउने

बिर्तामोड । अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन (नेल्टा)को यहि फागुन ५ देखि ७ गते सम्म काठमाडौंमा भएको २७ औं अन्तर्राष्ट्रिय सम्मेलनमा उत्कृष्ट कार्य गर्ने शाखामध्ये  नेल्टा झापालाई उत्कृष्ट शाखा घोषणा गरेको छ। यो सँगै झापा शाखाले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएकोछ । 
झापा शाखाले आफ्नो स्थापनाकालदेखि नै विभिन्न किसिमका गतिविधिहरु सञ्चालन गर्दै आएको छ । शिक्षकहरुका लागि तालिम गोष्ठी सेमिनार र सम्मेलनहरु संचालन गर्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम तथा सम्मेलनहरुमा सहभागी गराएर शिक्षकको पेशागत दक्षता अभिवृद्धि कार्यमा सहयोग पुर्याउदै आएको छ।  यसैगरी मकवानपुर शाखा द्वितीय र ललितपुर शाखा तृतीय स्थान ओगट्न सफल भएका छन्। उत्कृष्ट शाखा छनौट समितिका संयोजक नेल्काटा पूर्वराष्ट्रिय अध्यक्ष हेमन्तराज दाहालले उत्कृष्ट शाखाहरूको घोषणा गरेका थिए। 
नेल्टा झापाले   यस बर्ष मात्र  राष्ट्रिय स्तरका शिक्षक प्रशिक्षक तालिम तथा नेपाल मै पहिलो पटक महिला अंग्रेजी शिक्षक सम्मेलन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएको थियो।
झापा शाखाका अध्यक्ष धर्मेन्द्र भट्टराईले  स्वयंसेवी तथा गैरनाफामूलक संस्था भएरपनि झापाली शिक्षकको पेशागत बिकासका लागि आफ्नो संस्थाले गरेको योगदानको उचित कदर भएको बताए। गैरराजनीतिक संगठन नेल्टा झापा जिल्लामा शैक्षिक क्षेत्रमा लोकप्रिय  बन्दै गएकोछ।  लोकप्रियता बढेसँगै संस्थाको आजिवन सदस्य बन्ने को संख्यापनि बढ्दै गएको भट्टराईले बताए। उनका अनुसार हाल झापा जिल्लामा १५ सय बढी अंग्रेजी भाषा शिक्षक रहेका छन्।

सम्बन्धित समाचार