२०८३ आश्विन १७ गते , शनिबार

महिलाका लागि सीपमूलक तालिम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन २९ गते , सोमबार
महिलाका लागि सीपमूलक तालिम सम्पन्न

बिर्तामोड ।  बिर्तामोड नगरपालिकाले महिलाका लागि सीपमुलक तालिम सञ्चालन गरेको छ ।  बिर्तामोड वडा नम्बर ७ मा मकैका खोष्टाको फूल बनाउने तालिम सम्पन्न भएको हो ।

सिद्देश्वर शिवपाञ्चायन मन्दिर मियावाडीमा नगरपालिकाले आयोजना गरेको गरिवी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तर्गत  १२ दिने तालिम आईतबार सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै  नगरप्रमुख पवित्रा महतारा प्रसाईले स्थानीय उत्पादनलाई प्रयोगमा ल्याउनु पर्ने बताइन् । उनले नेपालमा भारत, चीन लगायतका मुलुकबाट आयात भएको प्लाष्टिकका फूल भन्दा स्थानीय कच्चा पदार्थ प्रयोग गरि उत्पादन गरिएको सामाग्री प्रयोगमा जोड दिइन् । यस्तै उनले स्थानीय उत्पादनलाई बाहिरका बजारमा समेत बिस्तार गर्नु पर्ने धारणा राखिन् । कार्यक्रमकी प्रमुख अतिथि नगरप्रमुख महताराले  समयलाई खेर नफाली उत्पादनमुखी कार्यमा लाग्न सबैलाई आग्रह गरिन् ।

नगरपालिकाका शाखा अधिकृत मेघराज बास्तोलाले तालिममा सिकेको सीप अरुलाई पनि बिस्तार गर्न सहभागीलाई आग्रह गरे । प्रमाण पत्र लिएरमात्रै अर्थ नहुने भन्दै उनले व्यवसायिक बन्नु पर्ने धारणा राखे ।

सहभागीहरुलाई निर्मला भण्डारी चौहान, सुमित्रा अधिकारी खतिवडाले प्रशिक्षण दिएका थिए ।

वडा नम्बर ७ की कार्यवहाक वडाअध्यक्ष हेमलता विश्वकर्माको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष विवेक मिश्र, वडा नम्बर ७ की न्यायिक समिति सदस्य माया ढकाल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार