२०८३ बैशाख ६ गते , आईतबार
आचार्यको नेतृत्वमा प्रदेश स्तरीय उसु महासंघ गठन
बिर्तामोड । कोशी प्रदेश स्तरीय उसु महासंघको नयाँ कार्यसमिति गठन भएको छ । गत सोमबार सम्पन्न संघको भेलाले मेघराज आचार्य (कुमार) को नेतृत्वमा १४ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
आचार्यको नेतृत्वमा गठित कार्यसमितिको उपाध्यक्षमा टंक कार्की तथा उमा राई चयन भएका छन् । सचिवमा भिम पौड्याल चयन भएका छन् । कोषाध्यक्षमा निर्मला राई तथा सदस्यहरुमा शिवराज घिमिरे, साङ्गे पाल्देन शेर्पा, बिजय राजवंशी र बलब राजवंशी चयन भएका छन् । अन्य ४ जना सदस्य भने चुनिन बाँकी छ ।
कार्यक्रममा कोशी खेलकुद परिषद बोर्डको सदस्य शैलेन्द्र विष्टको प्रमुख आतिथ्य रहेकाे थियाे । भेलामा नेपाल उसु महासंघका केन्द्रिय महासचिव नवराज ढुंगाना, केन्द्रिय सदस्य राजेन्द्र कुमार राई लगायतको उपस्थिति रहेको थियो ।