२०८३ आश्विन १७ गते , शनिबार

लागू औषध नियन्त्रणमा सक्रिय बन्दै बिर्तामोड प्रहरी

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र ५ गते , आईतबार
लागू औषध नियन्त्रणमा सक्रिय बन्दै बिर्तामोड प्रहरी

बिर्तामोड । विभिन्न अपराधिक गतिविधिसँग सम्बन्ध राख्ने लागू औषध नियन्त्रणमा इलाका प्रहरी कार्यालय अनारमनी सक्रिय बनेको छ ।

प्रहरीले पछिल्लो एक महिनामा लागू औषध कारोबारमा संलग्न १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १४ जना पुरुष र २ जना महिला रहेको इप्रका अनारमनीका प्रमुख डीएसपी सुरज कार्कीले जानकारी दिए । उनीहरुको साथबाट ठूलो मात्रामा लागू पदार्थसमेत बरामद भएको उनले बताए ।

पछिल्लो पटक बिर्तामोड नगरपालिका वडा नम्बर ४ बाट सुवास ताजपुरिया र प्रविण ताजपुरियालाई ठूलो मात्रामा लागू पदार्थ र नक्कली नोटसहित पक्राउ गरेको छ । ताजपुरिया दाजुभाई लामो समयदेखि लागू औषध कारोबारमा संलग्न रहेको स्थानीयहरु बताउँछन् ।

लागू औषध प्रयोगकर्ता अन्य जघन्य अपराधसँग जोडिने भएकाले यसको नियन्त्रण अत्यावश्यक भएको उनले बताए । अनारमनी प्रमुखको रुपमा आउने वित्तिकै सञ्चारकर्मीहरुसँगको भेटघाटमा लागू औषध नियन्त्रणलाई प्राथमिकतामा राख्ने बताएका कार्की यसको नियन्त्रणमा निर्मम रुपमा प्रस्तुत भएको बताउँछन् ।   

सम्बन्धित समाचार