२०८३ बैशाख ६ गते , आईतबार

लाओस विरुद्ध नेपालको २ गोल

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र ८ गते , बुधबार
लाओस विरुद्ध नेपालको २ गोल

काठमाण्डौ प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसलाई ले हराउँदै विजयी सुरुवात गरेको हो

नेपाललाई जिताउन अनन्त तामाङ नवयुग श्रेष्ठले गोल गरे

३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोललाइनबाट हेडरमार्फत सानदार गोल गर्दै खाता खोलेका थिए

यस्तै ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड टाढाबाट हाफ भलीमा अर्को सानदार गोल गरेर नेपालको अग्रता बनाए

नवुयुगले राष्ट्रिय टिमबाट आठौं अन्तर्राष्ट्रिय गोल गरेका हुन् भने दुइ वर्षयता पहिलो गोल गरेका हुन् सन् २०२१ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेइसँगको खेलमा उनले गोल गरेका थिए

खेलमा लाओसले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेन

दोस्रो हाफको ६६ औं मिनेटमा लाओसका अन्तजा सिफोङफानले गोलकिपर किरण लिम्बुलाई बिट गर्दा अर्का खेलाडी बौनपाचाङ बौङकोनले पोष्टमा हानेको बल अनन्त तामाङले बचाए

यस्तै ७० औं मिनेटमा अन्तजा सिफोङफानले प्रहार गरेको बल डिफेन्डर रोहित चन्दले हेडरमार्फत क्लियर गरिदिए

नेपालका लागि ७२ औं मिनेटमा मनिष डाँगीले मिलाएको बलमा नवयुगको पासलाई आयुस घलानले पोस्टको दिशा दिन सकेनन्

सम्बन्धित समाचार