२०८३ बैशाख ६ गते , आईतबार

दीपकको गोलमा बराबरीसँगै नेपाल फाइनलमा

उपाधिका लागि नेपाल र लाओसले प्रतिष्पर्धा गर्ने

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र १४ गते , मंगलबार
दीपकको गोलमा बराबरीसँगै नेपाल फाइनलमा

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो ।

नेपाल १० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारेका हुन् । भुटानसँग ११ को बराबरीले नेपाल फाइनलमा पुगेको छ । नेपालले लाओससँग १७ गते फाइनल खेल्ने छ ।

बराबरीका वावजुद भुटान भने घर पर्केको छ । यसअघ १९ औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गरे । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडर गोल गरेका हुन् ।

यसअघि खेलको १९‌औं मिनेटमा भुटानका चोन्चे ग्याल्सेनले रोहित चन्दलाई बिट गरेर राम्रो अवसर सिर्जना गरेका थिए । तर त्यो बल अनन्त तामाङले पोष्ट अगाडिबाट क्लियर गरेका थिए ।

नेपालले ४५‌औं मिनेटमा नवीन लामाले हानेको कर्नरमा पुजन उपरकोटीको हेड पासमा सनिस श्रेष्ठले गरेको हेडर पोष्ट माथिबाट बाहिरियो ।

प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् । पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद राखेपले सहयोग गरेको हो ।

सम्बन्धित समाचार