२०८३ बैशाख ६ गते , आईतबार

विराट गोल्डकपको उपाधिका लागि आयोजक र लुका सकर भिड्दै

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र १६ गते , विहीबार
विराट गोल्डकपको उपाधिका लागि आयोजक र लुका सकर भिड्दै

बिर्तामोड । सातौं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ सहिद मैदानमा आयोजक विराटनगर सिटी र भारत केरलाको लुका सकर भिड्ने भएका छन् ।

दुवैका लागि विराट गोल्डकपको उपाधि पहिलो हुनेछ। चुनौतीपूर्ण प्रतिस्पर्धालाई आफ्नो पक्षमा पारेर इतिहास रच्ने मौका दुवैलाई छ जितेको खण्डमा आयोजक विराटनगर सिटीले ६ दशकपछि घरेलु मैदानमा उपाधि उचाल्ने छ । त्यस्तै केरलालाई विदेशी भूमिमा पहिलो उपाधि हत्याउनेमौका छ ।

महेन्द्र गोल्डकपको नामबाट २०१८ सालदेखि २९ औं पटक सञ्चालन भएको यो प्रतियोगिताले २०६८ देखि विराट गोल्डकपको नाममा सातौं वार्षिक यात्रा गर्दैछ। २०६२÷६३ को राजनीतिक परिवर्तनपछि महेन्द्र गोल्डकपको नाम हटाएर विराट गोल्डकप ट्रस्ट स्थापना गरी यो प्रतियोगितालाई निरन्तरता दिइएको हो। विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानेले बुधबार प्रिम्याच कन्फ्रेन्समा आयोजकलाई ६ दशकपछि घरेलु भूमिमा उपाधि दिलाउने टिमको मुख्य लक्ष्य हुने बताए

गत वर्षको लिग विजेता मछिन्द्र क्लबका सेटै मैदानमा उतारेको आयोजकले पूर्वविजेता नेपाल पुलिस क्लबलाई १० र जावलाखेलको चुनौती २१ गोलले पन्छाउँदै उपाधिको दाबेदारीमा आफूलाई उभ्याएको हो। कप्तान विशाल श्रेष्ठले टिमले घरेलु दर्शकको मन जितिसकेको उल्लेख गर्दै अब उपाधि जित्नमात्र बाँकी रहेको बताए। भारत केरला प्रिमियर लिगको पाँचौं स्थानमा रहेको लुका सकरको यो पहिलो विदेश यात्रा हो। लुका सकरले स्वदेशमा अहिलेसम्म गत वर्ष आसामको बुडासा कप र तेजपुर कप जितेको छ। प्रशिक्षक नभास नोकाले भने, ‘हामी विदेशको पहिलो सहभागितामै दर्शकको मनसहित उपाधि जितेर घर फर्कने लक्ष्यमा छौं

लुका सकरले विराट गोल्डकपको उपाधिको दाबेदारी प्रस्तुत गर्ने क्रममा पूर्वविजेता संकटाको चुनौती टाइब्रेकरमा ८७ गोलले र साबिक विजेता एपीएफ क्लबलाई पनि टाइब्रेकरमै ४२ गोलले पछार्दा टिमका खेलाडीको मनोबल उच्च छ

सम्बन्धित समाचार