२०८३ बैशाख ६ गते , आईतबार

आजबाट एसईई शुरु, प्रधानमन्त्री प्रचण्डद्वारा विद्यार्थीलाई शुभकामना

झापाका १५ हजार ८५८ विद्यार्थी सहभागी हुँदै

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र १७ गते , शुक्रबार
आजबाट एसईई शुरु, प्रधानमन्त्री प्रचण्डद्वारा विद्यार्थीलाई शुभकामना

बिर्तामोड । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (आज) बाट शुरु हुँदै छ । देशभर दुई हजार ३७ परीक्षा केन्द्रमा आज बिहान ८ बजेबाट परीक्षा शुरु हुनेछ ।

परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदैछन्। परीक्षा आवेदन फारम भर्ने विद्यार्थीको संख्या भने ५ लाख १६ हजार ५ सय ९१ थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन् ।

आज एक सन्देश जारी गर्दै उनले विद्यार्थीको उज्ज्वल भविष्यका कामना गर्दै परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आआफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा अपिलपनि गरेका छन् ।

झापाबाट १५ हजार ८५८ विद्यार्थी सहभागी हुँदै

यस बर्षको परीक्षामा झापाका १५ हजार ८ सय ५८ परीक्षार्थीले परीक्षा लेख्दैछन् । जिल्लाका एक सय २६ सामुदायीक र दुई सय ३९ संस्थागत विद्यालयका गरि सो संख्यामा विद्यार्थी एसईई परीक्षामा सहभागी हुन लागेका हुन् ।

जिल्लाभरबाट यस बर्ष परिक्षा दिने परीक्षार्थीलाई तीन धारमा विभाजन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख राजकुमार बिश्वकर्माले जानकारी दिए ।

नियमित तर्फ, प्राविधिक तर्फ र ग्रेडवृद्धी तर्फ गरी तीन धारमा विभाजन गरिएको उनले बताए । जसमा नियमित तर्फ ७ हजार ६ सय ७२ छात्रा र ७ हजार ५४ छात्र गरी १४ हजार ७ सय २६ जनाले परीक्षा लेख्दैछन् ।

यसैगरी प्राविधिक तर्फ २ सय ४६ जना छात्रा र ३ सय ५४ छात्र गरी ५ सय ९९ जना परीक्षार्थी सहभागी हुँदैछन् । ग्रेडवृद्धी तर्फ पनि ३ सय १३ छात्रा र २ सय २० छात्र गरी ५ सय ३३ विद्यार्थीले परीक्षा दिँदैछन् । इकाइका प्रमुख बिश्वकर्माका अनुसार जिल्लामा यस बर्ष तीन जना दृष्टिविहिन विद्यार्थी परीक्षामा सामेल हुँदैछन् भने संस्कृत विधा तर्फबाट ४७ जनाले परीक्षा लेख्दैछन् ।

जिल्लामा ५६ केन्द्र तोकिएकोमा दमक स्थित हिमालय मावि परीक्षा केन्द्रबाट सबैभन्दा धेरै परीक्षार्थी सामेल हुदैछन्,’ उनले भने सबै भन्दा थोरै महेन्द्ररत्न मावि कमल २ परीक्षा केन्द्रबाट परीक्षार्थी सहभागी हुँदैछन् ।

त्यस्तै प्रदेशगत हेर्ने हो भने सबैभन्दा कम कर्णालीमा ४१ हजार ३ सय २९ रहेको बोर्डले जनाएको छ। कोशीमा ३ सय ७, मधेसमा २ सय ७९, गण्डकीमा २ सय २३, लुम्बिनीमा ३ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २ सय ९ परीक्षा केन्द्र तय गरिएको छ। परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५५ छात्रा सहभागी हुँदैछन्। परीक्षामा ५० जना दृष्टिविहीन परीक्षार्थीका लागि उनीहरूको आफ्नै विद्यालयमा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ

पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ ।

कठिनाइस्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिनेछ । प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको नियन्त्रक श्रेष्ठले जानकारी दिए । बोर्डले परीक्षामा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन हुने जनाएको छ । परीक्षामा बाहिरी घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिने जनाइएको छ ।

 

सम्बन्धित समाचार