२०८३ बैशाख ६ गते , आईतबार
श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
बिर्तामोड । झापाको कन्काई नगरपालिका–३ की ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सुनितालाई ५३ बर्षीय श्रीमान टेकबहादुर कार्कीको हत्या आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको हो ।
श्रीमती सुनिता र श्रीमान टेक बहादुरबिच यहि बैशाख ८ गते बेलुका घरायशी बिषयमा बादबिबाद हुँदा उनीहरुबिच कुटाकुट भएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाईते भएका टेकबहादुरलाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर लगेको र उपचार पश्चात घर ल्याएकोमा बैशाख २४ गते बिहान घरैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टेकबहादुरको मृत्यु भएको सूचना पाएसंगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सुनितालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।