२०८३ बैशाख ६ गते , आईतबार
बजेटले जनतामा आशा जगाउन नसक्ने राप्रपा अध्यक्ष लिङ्देनको टिप्पणी
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेट जनतामा आशा जगाउने किसिमको नआएको बताएका छन् ।
सोमबार बजेट सार्वजनिक भएपश्चात प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले मुलुकको वर्तमान आर्थिक संकट र चुनौतीको समाधान गर्नुपर्ने अवस्था भएपनि त्यस अनुरुप बजेट आउन नसकेको बताए ।
उनले विगतका सरकारले ल्याउने बजेट सुन्दा राम्रो भएपनि कार्यान्वयनमा समस्या हुने गरेको भन्दै अहिलेको बजेट पनि कार्यान्वयनमा चुनौती रहेको बताए । बजेट अनुदान र ऋणमा आधारित भएर आएकाले आशा गर्ने ठाउँ नभएको उनले बताए ।
उनले बजेटमा खर्च कटौती लगायतका सकारात्मक पक्षहरु समेटे पनि यति मात्रै वर्तमान आर्थिक समस्याको बजेटले समाधान गर्न नसक्ने बताए ।