२०८३ बैशाख ६ गते , आईतबार

झापामा ७ अर्ब ७९ करोड दुई लाख बजेट, हेर्नुहोस कुन पालिकाले कति पाए

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ १६ गते , मंगलबार
झापामा ७ अर्ब ७९ करोड दुई लाख बजेट, हेर्नुहोस कुन पालिकाले कति पाए

बिर्तामोड । आगामी आर्थिक बर्ष २०८०/८१ का लागि सरकारले झापामा ७ अर्ब ७९ करोड दुई लाख रुपैँया बजेट विनियोजन गरेको छ । डा. प्रकाशशरण महतले सोमबार संसदमा प्रस्तुत गरेको बजेट भाषणअनुसार झापामा सो रकम बराबरको बजेट विनियोजन भएको हो । संघीय सरकारले स्थानीय सरकारलाई अन्तरसरकारी वित्तीय हस्तान्तरण शीर्षकबाट बजेट विनियोजन गर्दछ ।

आगामी आवमा नगरपालिकाहरुमध्ये सबैभन्दा धेरै बजेट दमक नगरपालिकाले पाउने भएको छ भने सबैभन्दा कम कनकाई नगरपालिकाले पाउने भएको छ । दमकले यस पटक मेचीनगर नगरपालिकालाई उछिनेको छ । गाउँपालिकाहरुमध्ये सबैभन्दा धेरै कचनकवल र थोरै हल्दिबारी गाउँपालिकाले पाउने भएको छ ।

हेर्नुहोस् कुन पालिकाको कति बजेट

दमक नगरपालिका M रु. ९५ करोड ८९ लाख

कमल गाउँपालिका M रु. ४६ करोड ३६ लाख

मेचीनगर नगरपालिका M रु. ९१ करोड ५५ लाख

विर्तामोड नगरपालिका M रु. ८८ करोड ८३ लाख

शिवसताक्षी नगरपालिका M रु. ५५ करोड ८५ लाख

भद्रपुर नगरपालिका M रु. ५० करोड ९४ लाख

गौरादह नगरपालिका M रु. ५० करोड ९२ लाख

अर्जुनधारा नगरपालिका M रु. ४७ करोड १६ लाख

कनकाई नगरपालिका M रु. ३८ करोड १८

कचनकबल गाउँपालिका M रु. ४० करोड २५ लाख

बुद्धशान्ति गाउँपालिका M रु. ३८ करोड तीन लाख

झापा गाउँपालिका M रु. ३५ करोड ३७ लाख

गौरीगञ्ज गाउँपालिका M रु. ३४ करोड २७ लाख

बाह्रदशी गाउँपालिका M रु. ३४ करोड नौ लाख

हल्दिबारी गाउँपालिका M रु. ३१ करोड ३३ लाख

सम्बन्धित समाचार