२०८३ बैशाख ६ गते , आईतबार

प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता झापामा हुने

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ १७ गते , बुधबार
प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता झापामा हुने

बिर्तामोड । प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता झापाको बिर्तामोडमा आयोजना हुने भएको छ । प्रतियोगिता मदन भण्डारी स्पोर्टस् एकेडेमीले गर्न लागेको बुधबार पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिइयो ।

जेठ २७ र २८ गते बिर्तामोडको सिटी सेन्टरमा हुने प्रतियोगितामा आयोजकसहित ८ टिम सहभागि हुने आयोजकले जनाएको छ । महिलाको ४० देखि ६१ प्लस र पुरुषको ४५ देखि ७५ प्लस उमेर समूहका गरी १९ वटा इभेन्ट हुने मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रिय उपाध्यक्ष तुलसी मैनालीले जानकारी दिए । प्रतियोगितामा खेलाडी र अफिसियल गरी दुई सय जनाभन्दा बढीको सहभागिता रहने बताइएको छ ।

प्रत्येक इभेन्टमा प्रथम एक जना, द्वितीय एक जना र तृतीय हुने दुई जनालाई जनही १० हजार, ७ हजार र ४ हजार रुपैँयाका दरले पुरस्कार दिइने मैनालीले बताए ।

कार्यक्रमको उद्घाटन प्रतिनिधीसभाका सभामुख देवराज घिमिरे र समापन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने एकेडेमीका उपमहासचिव तथा कार्यक्रम सञ्चालक मदन उप्रेतीले जानकारी दिए ।

झापाको पर्यटन प्रबर्धन तथा यहाँको आर्थिक गतिविधी थप चलायमान बनाउन कार्यक्रम बिर्तामोडमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी मदन भण्डारी फाउण्डेशन झापाका अध्यक्ष हरिचरण शिवाकोटीले बताए । कार्यक्रममा करिब २० लाख खर्च हुने अनुमान गरिएको छ । 

तेह्र बर्षअघि स्थापना गरिएको एकेडेमीले खेलकुद क्षेत्रको विकासका लागि विभिन्न गतिविधी गर्दै आएको छ ।  

सम्बन्धित समाचार