२०८३ बैशाख ६ गते , आईतबार

छाला आकर्षक बनाउन के खाने के नखाने ?

sajilo news
परिवेश मिडिया
२०८० असार ६ गते , बुधबार
छाला आकर्षक बनाउन के खाने के नखाने ?

छालालाई आकर्षक बनाउन खानेकुरामा ध्यानदिनु पर्ने केहि टिप्स हामीले यहाँ राखेका छौँ ।

कार्बोहाइड्रेटजन्य खाना बढी नखाने :

शरीरमा कार्बोहाइड्रेटको मात्रा बढी भयो भने डन्डीफोर र छालामा धब्बा देखापर्ने समस्या उत्पन्न हुन्छ। छाला सुन्दर पार्न ब्रेड, क्यान्डी, पास्ता, सोडा, जुसजस्ता कार्बोहाइड्रेट र चिनीको मात्रा उच्च भएका खाना कम गर्नु राम्रो हुन्छ । यस्ता खानाले रगतमा चिनीको मात्रा बढाउँछन्, जसकारण शरीरमा चिल्लो पदार्थ बढी उत्सर्जन हुन्छ र यसले डन्डीफोर चाँडो फैलाउँछ ।

सट्टामा के खाने ?

कार्बोहाइड्रेटजन्य खानाको सट्टा तरकारी र गेडागुडीजस्ता प्रोटिनजन्य खाना खानु राम्रो हुन्छ। यस्तो खानाले रगतमा चिनीको मात्रा बढाउँदैन । फलफूलहरु खानु उत्तम हुन्छ ।

बढी नुन नखाने  आँखाको तलपट्टिको भाग सुनिने अथवा आँखावरिपरि डार्क सर्कल देखापर्ने समस्याबाट हैरान हुनुभएको छ भने पक्कै पनि तपाईंले सोडियमको मात्रा बढी लिइरहनुभएको छ। यस्ता समस्याबाट छुटकारा पाउन शरीरमा सोडियमको मात्रा घटाउनुपर्ने हुन्छ ।

यसका लागि दिनहुँ खाने नुनको मात्रामा कटौती गर्नु ज्यादै उपयुक्त हुन्छ । नुनले टिस्यूलाई फुलाउने गर्छ, जसकारण आँखा तलको छाला सुनिएजस्तो देखिन्छ भने मानिस जतिबेला पनि थकितजस्तो देखिन्छ। त्यसैगरी, आयोडिनयुक्त नुनको मात्रा बढी भयो भने डन्डीफोर फैलिने सम्भावना पनि बढी हुन्छ। त्यसैले छालालाई स्वास्थ्य राख्ने हो भने नुनको मात्रा आजैदेखि घटाउनुस् ।

सट्टामा के खाने?

नुन घटाएपछि तपाईंले क्षतिपूर्तिका लागि केरालगायत पोटासियमयुक्त खानाको मात्रा बढाउन सक्नुहुन्छ । तरकारी, मासु र कोसामा सोडियमको मात्रा बढी पाइने भएकाले यसबाट सोडियमको मात्रा घटाउन पकाउनुअघि यसलाई धेरै पानी पखाल्ने गर्नुपर्छ ।

मदिरा नपिउने :  मदिराको सेवाले समग्र स्वास्थ्यसँगै छालामा पनि हानि र्पुयाउँछ। बढी मात्रामा रक्सी पिउने गरियो भने यसले शरीरमा पानीको मात्रा कम गराउँछ। शरीरमा पानीको मात्रा कम भएमा छाला चाउरी पर्ने, सुक्खा हुनेजस्ता समस्या देखापर्छ। यसले शरीरमा भिटामिन एको मात्रा पनि घटाउँछ । भिटामिन सी ले बिग्रिएका छाला मर्मत गर्ने, नयाँ छाला उत्पादन गर्न सघाउनेलगायत काम गर्छ ।

रक्सीको मात्रा बढी हुँदै गयो भने डन्डीफोर, अनुहारमा रातो धब्बा हुने समस्या, लुतो, दादलगायत समस्या देखापर्न थाल्छन्। बढी फ्याट भएका खाना फ्याट बढी भएका खाना, जस्तो कि चिल्लोचाप्लो खाना, घिउ, बोसोयुक्त मासु आदिले छालालाई हानि र्पुयाउँछन्। त्यसैले यस्ता खाना खानु हुँदैन ।

सट्टामा के खाने ?

छालाको स्वास्थ्यका लागि उपयुक्त हुने फ्याट ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेललगायत चिजमा पाइने भएकाले यस्ता खानाको मात्रा बढाउनुपर्छ। यस्ता खानाले छालाको क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ।

बढी दूधजन्य पदार्थ नखाने : दूधजन्य पदार्थ स्वास्थ्यका लागि ज्यादै राम्रो हुन्छ। तर, ओखती पनि बढी भयो भने यसले खती गर्छ भनेझैँ यसको मात्रा बढी भयो भने यसले छालालाई पिरोल्न थाल्छ । दुग्ध पदार्थ बढी मात्रामा लिने गर्दा डन्डीफोर, नाक वरिपरि कालो तथा सेतो गिर्खा आउनेलगायत समस्या उत्पन्न हुने विभिन्न अनुसन्धानले देखाइसकेका छन् ।

सट्टामा के खाने ?

सन्तुलित मात्रामा दुग्ध पदार्थ खाने । दूधको तलतल बढी नै लाग्ने गरेको छ भने पानीको मात्रा बढाउनुस् अथवा सर्बत खानुस् ।

कफी धेरै नपिउने स् कफीमा पाइने स्टेरोइडले स्ट्रेस हार्मोनबढाउँछ । यस्तो हार्मोनले मानसिक तनाव त बढाउँछ नै, छालालाई पनि खराब पार्दै लाग्छ। त्यही भएर कफीका अम्मलीलाई छाला सुन्दर र स्वस्थ बनाउने चाहना छ भने तत्काल कफीको मात्रा घटाउनुपर्छ । कफी बढी खानाले शरीरमा पानीको मात्रा कम हुन्छ । त्यही भएर कफी बढी खाने मानिस चाँडै बूढोजस्तो देखिन थाल्छ, छाला चाउरिन थाल्छ ।

सट्टामा के खाने ?

कफीको सट्टा हर्बल टी अथवा डिक्याफिनेटेड टी खानु राम्रो हुन्छ ।

धूम्रपान नगर्ने : धूम्रपानले समग्र स्वास्थ्यसँगै छालामा पनि असर गर्छ। यसमा स्वास्थ्यलाई असर गर्ने तत्वहरु सयौं हुने भएकाले यसको सेवनबाट टाढै रहनुपर्छ ।

सट्टामा के खाने ?

ल्वाङ, सुकुमेलहरु तथा ड्राइफुर्टसहरु आवश्यकता अनुसार समय मिलाएर खान सकिन्छ। मुख खाली राख्न नसक्नेको हकमा ल्वाङहरु मुखमा राखिरहँदा राम्रो हुन्छ ।

एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार