२०८३ बैशाख ५ गते , शनिबार

इलामको महाभीरमा रक क्लाइम्बिङको रुट तयार

sajilo news
परिवेश मिडिया
२०८० श्रावण २ गते , मंगलबार
इलामको महाभीरमा रक क्लाइम्बिङको रुट तयार

इलाम । इलाम नगरपालिका वडा नं ८ मा रहेको महाभीर चटानमा आरोहणको रुट तयार भएको छ। विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाको पर्यटन सदभाबना दूत कल्पना महर्जनको संयोजकत्वमा रुट बनेको हो । रुट तयार पारी आरोही महर्जन काठमाडौं फर्किसकेकी छिन् । रुट बनाउनका लागि यसअघि उनी इलाम पुगेकी थिइन् ।

रुट फिक्सिगको काम लिड इन्टरनेशल माउन्टेन गाइड नरबहादुर अस्तानीको नेतृत्वमा थालिएको हो । नरबहादुरको साथमा सहयोगीहरू सुजन गुरुङ, थोप्टेन लामा र सज्जन घले रहेका थिए। रुटको व्यवस्थापन क्लाम्विग पर्यटकीय क्षेत्र प्रवद्र्धन विकास समितिले इलाम नगरपालिका ८ महाभीरको रहेको थियो । इलाम नगरपालिका र पर्यटन बोर्डको आर्थिक व्यवस्थापन रुट बनाएको थियो ।

विश्व कीर्तिमानी सगरमाथा आरोही एवं इलाम पर्यटन सदभावना दूत कल्पना महर्जनले महाभीरमा रहेको चटानमा ७ वटा विभिन्न ग्रेडको रुट बनाएको बताइन्। नेपालको पूर्वी क्षेत्रमा बनाइएको यो पहिलो रक क्लाइमिंग रुट रहेको बताइएको छ ।

सम्बन्धित समाचार