२०८३ बैशाख ६ गते , आईतबार
अवैध काठसहित दुई जना पक्राउ
बिर्तामोड । झापा बुद्धशान्ति गाउँपालिका वडा नं. ६ शान्तिनगरस्थित ज्यामिरे सामुदायिक वनबाट अवैध काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुद्धशान्ति–४ निवासी ट्याक्टर चालक २४ बर्षीय सविन विश्वकर्मा र सोहि ठाउँ बस्ने ३६ बर्षीय धनहाङ लिम्बु पक्राउ परेका हुन् ।
काठ चोरी भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी बुधबारेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोमबार साँझ ५:४० बजे पक्राउ गरेको हो । उनीहरुसँगै मे.१त ६५३८ नम्बरको ट्रयाक्टरमा लोड गरिएको अवस्थामा ५६ क्यु फिट बराबरको १६ थान सखुवाको गोलियासमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय झापामा बुझाइएको प्रहरीले जनाएको छ ।