दीपक र दीपाश्रीको फिल्म हल आईएनआई शुक्रबारदेखि सञ्चालनमा
काठमाण्डौ । सिनेकर्मीद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउन लागेको छ । ९ करोडको लागतमा दीपक र दीपाश्रीले नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरिरहेको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउन लागेको हो ।
लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल भोलि बिहान औपचारिक उद्घाटनसहित सञ्चानलमा आउन लागेको हो ।
‘हलको सम्पूर्ण निर्माण कार्य सकिएकाले उद्घाटन कार्यक्रमसहित सञ्चालनमा ल्याउन लागेको हो,’ दीपाले भनिन् । उद्घाटनको दिन हलमा फिल्म ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ लाग्ने छ ।
हल केही अगाडि नै उद्घाटन गर्ने दीपक–दीपाको योजना थियो । आर्थिक मन्दी लगायत विभिन्न कारणले केही ढिलाइ हुन पुग्यो । आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुन लागेको हलमा दुईवटा अडिटोरियम रहेको छ । जसमा दुई–दुई सय दर्शक क्षमता छ ।