२०८३ आश्विन १७ गते , शनिबार

रेमिट्यान्सले जनप्रतिनिधीको खर्च धानिरेको छ – राप्रपा अध्यक्ष लिङ्देन

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १२ गते , शुक्रबार
रेमिट्यान्सले जनप्रतिनिधीको खर्च धानिरेको छ – राप्रपा अध्यक्ष लिङ्देन

दोहा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्व उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्गदेनले खाडी मुलुकका नेपालीहरुले देशको राष्ट्रपति देखि वडा सदस्यहरु सम्मको तलब भत्ता धानीरहेको बताएका छन् ।

कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै लिङ्गदेनले खाडी मुलुकबाट पठाएको रेमिट्यान्सले ३६ हजार भन्दा बढी जनप्रतिनिधिको तलब भत्ता धानिरहेको बताएका हुन् ।

कतारमा विभिन्न पेशा व्यवसायमा रहेका नेपालीहरु सँग अन्तक्र्रिया गर्दै लिङ्गदेनले भूगोल बाहिरको नेपालीहरुले रेमिट्यान्स नपठाउने हो भने अर्थतन्त्रको हिसाबले नेपाल पहिले नै टाट पल्टिसक्ने बताए ।

उनले भने– ‘नेपाललाई अर्थतन्त्रको हिसाबले उभ्याई राखेको छ भने त्यो भूगोल बाहिरको नेपालीहरुले हो ।’  

उनले भूगोल बाहिरको नेपालीहरु सबभन्दा बढी देशको बारेमा चिन्तित भएको पनि बताए ।

कार्यक्रममा नेपाली दूतावासका महामहिम नरेन्द्र बिक्रम ढकाल, प्रथम सचिव कृष्ण कुमार सुवेदी लगायत कतारका विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधी गरि दर्जनौंको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार