२०८३ आश्विन १७ गते , शनिबार

कोशी सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १६ गते , मंगलबार
कोशी सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा_ले कोशी प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कोशी सरकारबारे उपयुक्त समयमा पार्टीका पदाधिकारीहरुसँग परामर्श गरी अध्यक्षले टुंग्याउने निर्णय गरेको हो ।

कोशीमा एमाले नेतृत्वको अल्पमतको सरकार छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने बताएको राप्रपा सरकारमा भने गएको छैन । २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

यदि उनले विश्वासको मत पाएनन् भने संविधानको धारा १६८ (५) अनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यको नेतृत्वमा सरकार बनाउने बाटो खुल्ने छ ।

सम्बन्धित समाचार