बुद्धशान्तिमा टी टेन वडास्तरीय क्रिकेट प्रतियोगिता हुँदै
बुधबारे । झापाको बुद्धशान्तिमा असोज २८ गते बाट प्रथम बुद्धशान्ति कप वडास्तरीय टी टेन क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ । आदर्श युवा क्लबले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।
आयोजकले खेल तालिका सार्वजनिक गरेको छ । वडाका खेल प्रतिनिधीले लक्की ड्र मार्फत आमने सामने हुने टिमको टुङ्गो लगाएका छन । सोही अनुसार वाड नं. १ ले वडा नं. ७, वडा नं. २ ले वडा नं. ६ र वडा नं. ४ ले वडा नं. ५ सँग आमने सामने हुँदा वाड नं. ३ ले बाई पाउदै सोझै सेमिफाइनलमा पुगेको आयोजक संस्थाका सचिव दुर्योधन सिंहले जानकारी दिए । सेमिफाइनलका दुबै खेल २९ गते र उपाधी भिडन्त ३० गते हुनेछ ।
गाउँपालिकाको आर्थिक सहयोग रहेको प्रतियोगिताको उपाधी बिजेताले नगद २५ हजार रुपैयाँँ र उपबिजेताले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने संस्थाका अध्यक्ष मातृका श्रेष्ठले जानकारी दिए । साथै उत्कृष्ठ खेलाडीलाई विभिन्न बिधामा समेत पुरस्कार दिईने आयोजकले जनाएको छ ।
प्रतियोगिताको संयोजक दिपक सुब्बाले वडास्तरीय माध्यमबाट बुद्धशान्तिको सिङ्गो टिम निर्माण, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरेको बताए । संयोजक सुब्बाका अनुसार खेलाडी उत्पादन गर्दै क्रिकेटको वृद्धि बिकास गरिने छ ।
बुधबारे पेट्रोलपम्प पश्चिमपट्टिको खेल मैदानमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भैइसकेको बताउदै कोषाध्यक्ष गोकुल पौड्यालले २०५२ सालमा स्थापित क्लबले बिगतदेखि नै विभिन्न खेलकुद कार्यक्रम साथै सामाजिक कार्यक्रम गर्दै आएको जनाएका छन ।