२०८३ बैशाख ६ गते , आईतबार

सैनिक एफ सी सेमिफाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २७ गते , शनिबार
सैनिक एफ सी सेमिफाइनल प्रवेश

बिर्तामोड अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सैनिक फुटबल क्लब चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको

बिर्तामोड बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा दमकको नव प्रतिभा युवा क्लबलाई हराउँदै सैनिकले अन्तिम चारमा स्थान पक्का गरेको हो

खेल अवधिभर दुवै टिमले उत्कृष्ट मुभ बनाएका थिए उत्कृष्ट फिनिसिङ लयमा रहेका युव खेलाडीले भरिएका दुवै टिमको खेल आकर्षक थियो सैनिकले दमकलाई गोल अन्तरले हराएको हो

खेलको सुरुवाती अग्रता सैनिकले लिए पनि दमकले बराबरी गोल फर्काएको थियो खेलको १२ औँ मिनेटमा सैनिकका अभिषेक गुरुङको क्रसलाई कप्तान दुर्लभ तिवारीले हेडरमार्फत सिधै जाली चुमाएका थिए

तर, ४० औँ मिनेटमा दमकका ससेस राईले उत्कृष्ट प्रहार गर्दै खेललाई बराबरीमा फर्काएका थिए ५२औँ मिनेटमा सैनिकका अभिषेक गुरुङले एक गोल थप्दै आफ्नो टिमको जित निश्चित गरेका थिए

आजको खेलको प्लेयर अफ म्याच सैनिक एफसीका अभिषेक गुरुङ भए उनलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजका प्रबन्ध निर्देशक खेम संग्रौलाले नगद तीन हजार प्रदान गरे

प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता रहेको झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए

प्रतियोगिताको फाइनल खेल कात्तिक गते हुनेछ प्रतियोगिताको विजेताले लाख ११ हजार १११ उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल प्रमाणपत्र पाउने सचिवालय सदस्य गोविन्द गिरीले बताए

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ म्याचले नगद हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर उत्कृष्ट खेलाडीलाई जनही हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए

२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने उद्देश्यले वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका सयभन्दा बढी बालबालिकाहरूलाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको

अन्डर १२ फुटबल प्रशिक्षण गर्ने, योग्य खेलाडी उत्पादन गर्ने, युवाहरूलाई फुटबलप्रति उत्प्रेरित गर्ने उद्देश्य रहेको

सम्बन्धित समाचार