२०८३ बैशाख ६ गते , आईतबार

‘हाम्रो बजार’को उद्घाटन

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २८ गते , आईतबार
‘हाम्रो बजार’को उद्घाटन

बिर्तामोड बिर्तामोडको बुधबारे हटियाबाट विस्थापित भएका व्यवसायीहरुका लागि खोलिएकोहाम्रो बजार उद्घाटन भएको बिर्तामोड पश्चिम बस स्टेण्डको दक्षिणमा निर्माण भएको बजार घटस्थापनाको शुभ साइत पारेर आज  उद्घाटन गरिएको हो

हाम्रो बजार निर्माणकर्ताहरु शान्ता शिवाकोटी, पवित्रा खड्का, सरिता खत्री बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले सामूहिक रुपमा बजार उद्घाटन गरेका हुन्

दुई कठ्ठा १० धुर क्षेत्रफलमा फैलिएको बजारमा ४६ वटा सटर रहेको सजेश शिवाकोटीले जानकारी दिए उनका अनुसार व्यवसायीहरुबाट एक एक लाख रुपैँया धरौटी लिएर बजार निर्माण गरेको प्रति सटर दुई हजार रुपैँया मासिक भाडा लिने गरी पहिलो चरणमा पाँच बर्षका लागि करार गरिएको उनले बताए

व्यवसाय शुरु गर्न पाउँदा अत्यन्त खुशी लागेको सानिया सु सेन्टर टिकटक पसलकी सञ्चालक सलमा बेगमले बताइन् विगत १५ बर्षदेखि बुधबारे हटियामा पसल गरेकी बेगमले नगरपालिकाले बिना विकल्प विस्थापित गराउँदा दुःख लागेपनि पुन बजार शुरु गर्न पाउँदा हर्षित बनेको बताइन् जुत्ता चप्पलको व्यवसाय गर्ने बेगमले बुधबारेमा नगरपालिकाले डोजर लगाउँदा आफ्नो करिब १५ लाखको क्षति भएको सुनाइन्

नगरपालिकाले व्यवसायीहरुको पेटमा लात हानेर बजार खाली गराएको कुनै विकल्प नदिएकाले आफुहरुले हाम्रो बजार शुरु गर्नका लागि पहल गरेको बिर्तामोड वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए नगरपालिकाले तत्काल भवन शुरु गर्ने भनेपनि हालसम्म केहि काम अगाडी नबढेको व्यवसायी भोकै बस्नु पर्ने अवस्था आउन नदिन बजार निर्माणका लागि समन्वय गरेको न्यौपानेको भनाई  

बजारमा होटल, जुत्ता चप्पल, कपडा, फलफुलआदिको पसल रहेको बताइएको

सम्बन्धित समाचार