२०८३ बैशाख ६ गते , आईतबार

नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र एक बिचौलिया घुससहित पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २९ गते , सोमबार
नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र एक बिचौलिया घुससहित पक्राउ

भद्रपुर । जिल्ला नापी कार्यालय झापाका एक कर्मचारी र बिचौलिया घुससहित पक्राउ गरेका छन्।
नापी कार्यालय झापाका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सोमबार दिउँसो घुससहित पक्राउ गरेको हो । उनीहरूले जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस मागेका थिए।
भद्रपुर-७ स्थित बिचौलिया यादवको फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार रुपैयाँ र ५५ हजार रुपैयाँको चेकसहित जम्मा १ लाख २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी लगिएको जनाइएको छ । सर्वेक्षक ठाकुर लामो समयदेखि नापी कार्यालय झापामा कार्यरत थिए। 

सम्बन्धित समाचार