२०८३ बैशाख ६ गते , आईतबार

झापा एफसी एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकपको फाइनलमा

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १ गते , बुधबार
झापा एफसी एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकपको फाइनलमा

बिर्तामोड दोस्रो संस्करणको नेपाल सुपर लिग खेल्ने तयारीमा रहेको झापा एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको

बिर्तामोड बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक एकता स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा हराउँदै झापा एफसी उपाधिनजिक पुगेको हो

झापा एफसीले उपाधिका लागि कात्तिक गते मोफसलको अर्को चर्चित टिम झापा ११ एफसीको सामना गर्नेछ झापा ११ ले सैनिक युथ क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको हो

आजको खेल अवधिभर दुवै टिमले उत्कृष्ट मुभ बनाउँदै प्रहार गरे पनि गोल हुन सकेन निर्धारित ६० मिनेटमा दुवै टिम शून्यको अवस्था रहेपछि खेल सिधै टाइब्रेकरतर्फ धकेलिएको थियो

टाइब्रेकरमा झापाका लागि पाँचैजना खेलाडी तारानाथ राजवंशी, अनिष पोमु लिम्बू, सञ्जय धिमाल, पारस कार्की आयुष श्रेष्ठले गोल गरे भने एकताका खमिर गिल्सन कन्दङवा, आशिष चापागाईं, विशाल बस्नेत निशान तामाङले गोल गरे

एकताका मिलन राईको प्रहार झापाका गोल किपर योगेश धिमालले विफल बनाइदिएका थिए

आजको खेलको प्लेयर अफ म्याच झापाका गोल किपर योगेश धिमाल भए उनलाई आजका प्रमुख अतिथि देवी संग्रौलाले नगद तीन हजार प्रदान गरे

प्रतियोगितामा झापाका आठवटा क्लबहरूको सहभागिता रहेको झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए

प्रतियोगिताको फाइनल खेल कात्तिक गते हुनेछ प्रतियोगिताको विजेताले लाख ११ हजार १११ उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल प्रमाणपत्र पाउने सचिवालय सदस्य गोविन्द गिरीले बताए

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ म्याचले नगद हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर उत्कृष्ट खेलाडीलाई जनही हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए

सम्बन्धित समाचार