२०८३ बैशाख ६ गते , आईतबार

झापा ११ ले उचाल्यो एकता स्पोर्टिङको उपाधि

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ४ गते , शनिबार
झापा ११ ले उचाल्यो एकता स्पोर्टिङको उपाधि

बिर्तामोड मोफसलको चर्चित फुटबल टोली झापा ११ एफसीले दोस्रो संस्करणको एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको

बिर्तामोड बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा अर्को उत्कृष्ट टोली झापा एफसीलाई गोल अन्तरले हराउँदै झापा ११ ले उपाधि रक्षा गरेको हो

जितसँगै झापा ११ ले नगद लाख ११ हजार १११ ट्रफी, मेडल प्रमाणपत्र पायो भने उपविजेतामा सीमित झापा एफसीले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्यो

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर झापा ११ का सन्दीप लिम्बू, उत्कृष्ट डिफेन्डर झापा ११ का सुमन मगर, उत्कृष्ट मिडफिल्डर झापा एफसीका आयुष श्रेष्ठ, उत्कृष्ट फरवार्ड झापा ११ का बबिन बोहोरा, उच्च गोलकर्ता झापा ११ प्रदिप बुढाथोकी उत्कृष्ट प्रशिक्षक झापा ११ का पेम्बु गुरुङ भए उनीहरुलाई नगद हजार रुपैयाँ ट्रफी प्रदान गरियो

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि झापा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रमणि न्यौपाने, मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजका प्रतिनिधि, झापा ११ का अध्यक्ष जलकुमार गुरुङ, आयोजक क्लबका अध्यक्ष किरण पौडेल लगायले पुरस्कार वितरण गरेका थिए

फाइनल खेलको प्लेयर अफ म्याच झापा ११ दुई गोलकर्ता बबिन बोहोरा भए उनले नगद तीन हजार प्राप्त गरे

प्रतियोगितामा झापाका आठवटा क्लबहरूको सहभागिता रहेको थियो

सम्बन्धित समाचार