२०८३ बैशाख ६ गते , आईतबार

नेपालले युएईलाई पाँच विकेटले हरायो

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ६ गते , सोमबार
नेपालले युएईलाई पाँच विकेटले हरायो

काठमाण्डौ आसिफ शेख कप्तान रोहित पौडेलले जितको आधार तयार पारेको खेलमा दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरेपछि त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी२० शृंखलामा नेपालले लगातार चौथो जित निकालेको

मूलपानी क्रिकेट मैदानमा नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा युएईलाई पाँच विकेटले पराजित गर्यो   युएईले दिएका एक सय ६५ रनको लक्ष्य पछ्याएको नेपालले १९= ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो नेपालको जितमा दीपेन्द्र, आसिफ कप्तान रोहित पौडेल नायक रहे

धुवाँदार ब्याटिङ गरेका दीपेन्द्रले १५ बलमै ४० रन बनाए यस्तै, आसिफले ५० बलमा ६२ रोहितले ४२ बलमा ४७ रनको योगदान दिए

= ओभरमा ११ रनको अवस्थामा तीन विकेट गुमाइसकेको अवस्थाबाट ९९ रनको साझेदारी गर्दै नेपाललाई आसिफ रोहितले जिततर्फ डोर्याएका थिए खेललाई फिनिसिङ गर्ने जिम्मेवारी भने पुनः एकपटक दीपेन्द्रले पूरा गरे उनले एक छक्का चौका प्रहार गरे

दीपेन्द्र क्रिजमा आउनुअघि आसिफले टी२० करिअरको तेस्रो अर्धशतक पनि पूरा गरे नेदरल्यान्ड्स मलेसियापछि उनले युएईविरुद्ध अर्धशतक बनाएका हुन् तर, ९९ रनको साझेदारी गर्दै १६औँ ओभरमा नेपाललाई एक सय १० रनको अवस्थामा पुर्याएलगत्तै उनी ६२ रनको अवस्थामा आउट भए   पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल भुर्तेल प्लेडअन हुँदै आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो युएईका मोहम्मद जबदुल्लाहको तेस्रो बल खेल्ने क्रममा बलले उनको ब्याटको भित्री किनारा लिँदै अफ स्टम्प उडाइदियो दुई बल खेलेका कुशलले एक रन बनाए

कुशल आउट भएपछि क्रिजमा आएका सोमपाल कामीले पनि आज निराश बनाए अकिफ राजाको बलमा ठूलो सट प्रहार गर्न खोज्दा उनी भृत्य अरविन्दको हातमा सहज क्याच थमाउन पुगे चार बल खेलेका उनले दुई रन बनाए

नेपालले लगत्तै जारी शृंखलामा विस्फोटक ब्याटिङ गरिरहेका कुशल मल्ललाई गुमायो उनी जबदुल्लाहको बलमा अनावश्यक रूपमा रन लिन खोज्दा रनआउट हुन पुगे जारी शृंखलामा उनी दोस्रोपटक रनआउट भएका हुन् दुई बल मात्र खेलेका कुशलले कुनै रन बनाउन सकेनन्

त्यसअघि मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात खेलाडीको क्षतिमा एक सय ६४ रन बनाएको थियो

युएईका तर्फबाट विकेटकिपर ब्याटर भृत्य अरविन्द   बसिल हमिदले सर्वाधिक ४५४५ रन बनाए यस्तै, आसिफ खानले १८, खालिद साहले १२, अलिसान सराफु अली नासिरले नौनौ तथा कप्तान मुहम्मद वसिमले आठ रन बनाए  

बलिङमा नेपालका लागि सोमपाल कामी अविनाश बोहोराले दुईदुई तथा करण केसी गुल्सन झाले एकएक विकेट लिए कुशल मल्ल दीपेन्द्रसिंह ऐरीले कुनै विकेट लिन सकेनन् एक ओभर मात्र बलिङ गरेका दीपेन्द्रलाई युएईका ब्याटरले १८ रन हाने

शृंखलाभरि उत्कृष्ट फर्ममा रहेका करण आजको खेलमा प्रभावशाली देखिएनन् उनले चार ओभरमा ५३ रन दिए यस्तै, चार ओभरमा सोमपालले ३३ रन दिए

आजको खेलमा नेपालले ललित राजवंशीको स्थानमा विवेक यादवलाई खेलाएको थियो

सम्बन्धित समाचार