२०८३ आश्विन १७ गते , शनिबार

सिंगापुरमाथि नेपालको सहज जित

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १४ गते , मंगलबार
सिंगापुरमाथि नेपालको सहज जित

किर्तिपुर । आजदेखि सुरु भएको टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित निकाल्दै सुखद सुरुआत गरेको छ ।

पहिलो खेलमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेटाएको हो ।

यो सुखद अवसरमा कीर्तिपुर मैदानमा उपस्थित दर्शकले खुसियाली मनाएका छन् । नेपालको पहिलो जितसँगै विश्कप छनोट यात्रा सहज बनेको भन्दै दर्शकहरूले हुटिङसमेत गरेका थिए ।

दशैं बिदा सकिएलगत्तै छनोट खेल सुरु भएकोले कीर्तपुर मैदानमा बिहानैदेखि दर्शकको क्रेज थियो । उनीहरूले खेल सुरु भएसँग नेपाली टोलीलाई साथ दिएका थिए ।

अर्को खेलमा नेपालले मलेसियासँग खल्नेछ ।

सम्बन्धित समाचार