२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडमा कार्कीको ‘विकल्प’को परिचर्चा

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १९ गते , आईतबार
बिर्तामोडमा कार्कीको ‘विकल्प’को परिचर्चा

बिर्तामोड बौद्धिक नेता तथा विश्लेषक राम कार्की ‘पार्थद्वारा लिखित विकल्प M समता, समाजवाद मुक्त दुनिया पुस्तक परिचर्चा कार्यक्रमका सहभागी वक्ताहरुले कम्युनिष्टका नाममा बेथिति अराजकता बढ्दै गएको बताएका छन्

बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानको सभाहलमा शनिबार आयोजित पुस्तक परिचर्चा कार्यक्रममा प्राध्यापक कृष्ण पोखरेल युवा बुद्धिजीवी उज्ज्वल प्रसाईंले कार्कीको यस पुस्तकले समग्र कम्युनिष्ट पार्टीहरू उत्थान, पतन नयाँ वैचारिकीका निम्ति रिफरेन्सको रूपमा काम गर्ने बताए

समाजमा विचारलाई मर्न नदिन विचार अनि सिद्धान्तले समाजलाई जीवन्त राख्ने हुनाले आफूले यो पुस्तक लेखेको लेखक कार्कीले बताए

नेकपा माओवादी केन्द्रका सचिव तथा मार्क्सवादी चिन्तक कार्कीको उक्त पुस्तक गत असोज २१ गते काठमाडौंमा लोकार्पण गरिएको थियो उक्त पुस्तकमाथि काठमाण्डौ बाहिर झापामा पहिलोपटक परिचर्चा गरिएको हो

करिब १५ वर्ष यताको नेपाली राजनीति त्यसमा कम्युनिष्ट पार्टी माओवादी एमालेका विचारहरुमाथि वैचारिक विमर्श समेटिएको बुकहिल प्रकाशनले बजारमा ल्याएको २६३ पेजको पुस्तकमा भूमिका बाहेक ३३ वटा लेखहरु छन् यसलाई उनले आफ्नो वैचारिक प्रस्तावना या दस्तावेजको मस्यौदा भनेका छन् सार्वजनिक बहसका माध्यमबाट दस्तावेजलाई अन्तिम रुप दिन अपिल गरेका छन्

पुस्तक समग्रमा मार्क्सवादी विचारधारा विश्व कम्युनिष्ट आन्दोलनका वैचारिक, सांगठानिक, साँस्कृतिक मूल्यहरु, पुँजीवादसँगको संघर्ष त्यसक्रममा आन्दोलनहरुमा आएका उतारचढावको एउटा समरेखीय विश्लेषण पद्धतिमा आधारित

सम्बन्धित समाचार