२०८३ बैशाख ६ गते , आईतबार

प्रथम पटक डोरीतान प्रतियोगिता सम्पन्न, उपाधि कचनकवलको पोल्टामा

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २४ गते , शुक्रबार
प्रथम पटक डोरीतान प्रतियोगिता सम्पन्न, उपाधि कचनकवलको पोल्टामा

बिर्तामोड झापामा पहिलोपल्टजिल्ला स्तरीय डोरीतान आउटडोर च्याम्पियनसीप २०८० सम्पन्न भएको शुक्रबार सम्पन्न प्रतियोगिताको उपाधि कचनकवल गाउँपालिकाले जितेको

बिर्तामोड बिर्ताबजारस्थित अनारमनी पव्लिक क्याम्पसको खेलमैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई ले पराजित गरी कचनकवलले उपाधि जितेको हो पहिलो सेट कचनकवलले जितेको थियो भने दोस्रो सेट बुद्धशान्तिले जित्दै बराबरी गरेको थियो फेरि तेस्रो सेट कचनकवलले जितेर उपाधि रक्षा गरेको हो

विजेता कचनकवलले नगद ३१ हजार, ट्रफी, मेडल प्रमाणपत्र पाएको भने उपविजेता बुद्धशान्तिले नगद २१ हजार, ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला डोरीतान संघ झापाकी अध्यक्ष युनिता दवाडीले जानकारी दिइन् प्रतियोगितामा कचनकवल, बुद्धशान्ति, गौरादह, हल्दिवारी, मेचीनगर, भद्रपुर, बिर्तामोड, नेपाल प्रहरी सशस्त्र प्रहरी गरी टीमको सहभागिता रहेको थियो

सम्बन्धित समाचार