२०८३ बैशाख ६ गते , आईतबार

तेस्रो स्थानको लागि जापान र नेपाल बिच आज खेल हुँदै

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ३ गते , आईतबार
तेस्रो स्थानको लागि जापान र नेपाल बिच आज खेल हुँदै

झापा हङकङमा जारी चारदेशीय महिला टी२० सिरिजको तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले जापानविरुद्ध ब्याटिङ गरिरहेको

हङकङ क्रिकेट क्लब मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो

यसअघि लिग चरणमा नेपालले जापानलाई नै ६७ रनले पराजित गरेको थियो

चार देश सहभागी सिरिजमा उपाधि जित्ने लक्ष्य बनाए पनि तान्जानिया हङकङसँग सुरुवाती दुई खेलमा पराजित भएपछि नेपाल उपधि होडबाट बाहिरिएको थियो

लिग चरणमा नेपालले जापानलाई मात्र पराजित गरेको थियो भने जापानले सबै तीन खेल हारेको थियो लिगमा तेस्रो भएको नेपाल चौथो भएको जापानबीच तेस्रो स्थानको लागि प्लेअफ खेल खेलाइएको हो

शीर्ष स्थानको हङकङ तान्जियाबीच आजै उपाधिका लागि खेल हुनेछ

 

सम्बन्धित समाचार