२०८३ बैशाख ६ गते , आईतबार

फिफा विश्वकप छनौटका लागि आज नेपालले घरेलु मैदानमा यमनसँग खेल्दै

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ५ गते , मंगलबार
फिफा विश्वकप छनौटका लागि आज नेपालले घरेलु मैदानमा यमनसँग खेल्दै

काठमाण्डौ फिफा विश्वकप २०२६ दोस्रो चरण एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ बजे खेल शुरु हुनेछ नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताएका छन्

उनले यसअघि संयुक्त अरब इमिरेट्स -युएई_ विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग गोलअन्तरले पराजित भएको थियो

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले युएई विरुद्धको खेलमा पराजय भोग्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरे उनले आफ्नो टोलीका खेलाडीहरु यमनसँग खेल्न मनोवैज्ञानिकरुपमा समेत तयार रहेको बताए

नेपाल फिफा वरियतामा १७३औँ स्थानमा भने यमन १५६औँ स्थानमा रहेको उक्त प्रतियोगिताको खेल हेर्न साधारण प्याराफिटतर्फ रू चार सय भिआइपी प्यारापिटतर्फ रू एक हजार मूल्य तोकिएको अखिल नेपाल फुटबल सङ्घ -एन्फा_ले जनाएको

विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूहएच मा रहेको नेपालको समूहमा युएई, बहराइन यमन रहेका छन् त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो

सम्बन्धित समाचार